अामाको सन्दुक ( पूर्ण संपादित )
All posts by lov
अामाको सन्दुक ( कथा संग्रह )
ड्राईभर
ड्राईभर
ड्राईभर हो !
ड्राईभ गर्छौ ।
राजमार्गमा गर्छौ ।
रिंगरोडमा गर्छौ ।
सडकमा गर्छौ ।
बजारमा गर्छो ।
सीटमा अाफ्नो
‘ पाईलट ’ लेख्छौ ।
‘ ट्याँ – ट्याँ, टीं – टीं ’
हर्न बजाइ ,
यौवनालाई तिमी
हिलो छ्याप्छौ ।
ड्राईभर हो !
ड्राईभ गर्छौ ।
स्पीडमा तिमी
ड्राईभ गर्छौ ।
कहिले उचाल्छौ,
कहिले पछार्छौ ।
ज्यान सबको
हत्केलामा लिई
गन्तब्य तिमी
पार गर्छौ ।
मदहोस हुंदा,
गाडी
कहिले
गण्डकीमा ,
कहिले
त्रिशुलीमा,
कहिले
भीरपाखामा
जाक्छौ,
ठोक्काउँछौ ।
दर्जनौंको अाफैसंग
सास खोस्छौ ।
ड्राईभर हो !
ड्राईभ गर्छौ ।
रोके अरूले
बेवास्ता गर्छौ ।
दिए हात सुन्दरीले,
‘ झ्याप्प ’ ब्रेक हान्छौ ।
‘ छिटो – छिटो ’ भन्दै,
गाडी ब्याक गर्छौ ।
मुसु – मुसु हाँस्दै
कतै नभए
अाफ्नै सीटमा
‘ लिफ्ट ’ तिमी दिन्छौ ।
ड्राईभर हो !
ड्राईभ गर्छौ ।
लामो दूरी
एक्लै हाँक्छौ
ड्राईभर हुं त के ,
“ फ्युचर मेरो ब्राईट भन्छौ । ”
ट्रिप – ट्रिपमा
टाँका मार्छौ ।
ड्राईभर हो !
ड्राईभ गर्छौ ।
तेल झार्छौ –
पाईप लगाइ ।
शर्टेजमा तिमी
‘ होल सेलर ’ बन्छौ ।
बास ,बिसौनीमा
अरूलाई बासी
बेस्वादको ख्वाइ
भूजा तिमी ,
‘ स्पेशल ’ खान्छौ ।
न्यानो मायाको साथमा
यात्री संख्यालाई
‘ क्याश ’ गर्छौ ।
ड्राईभर हो !
लखतरान रातमा पनि
तिमी ‘ ड्राईभ ’ गर्छौ ।
सधैं तिमी ड्राईभ गर्छौ ।
-( २०६८ भाद्र ३ )
A LOST LOVE
नाक,कान,मुख र खुट्टा
अाँखा,नाक,मुख र खुट्टा
हाम्रा यी दुई अाँखा भएको
के वर्तमान संसार नियालेर हेर्न हैन ?
तर मेरो अाँखा
साँच्चै भन्ने हो भने ?
म बसेको दशगजसम्मको
ठूलो पर्खाल मात्रै हेर्न भ्याएको छ ।
यो नाक पनि त
सुवासित वा दुर्गन्ध
सुंघ्न नै हो ।
किन हो कुन्नी –
मेरो नाकले दुर्गन्ध सुंध्न नै पाएको छैन ।
हाम्रो मुख –
ब्रम्हाण्ड हो ।
मुख एउटा सत्य हो ।
एउटा बलियो अभिब्यक्ति हो ।
अनि यो पनि भन्न मन लाग्छ-
मान्छेहरूको प्रतिनिधि पनि हो ।
यो कटु सत्य बुझीकन पनि
मेरो मुख –
सत्यको अगाडि
मुक भई बसेको छ ।
खुट्टा चीरगामी अनन्त यात्री हो ।
हो त के ? मेरो त हैन !
म त केवल
निर्धारण गरिएको
थामसम्म पुगेर अाउन सक्छु ।
यत्ती नै मेरो खुट्टाले
गर्न सक्छ, साथी ।
– ( २०३२ मार्ग १)
पाईतलाहरू
( ४५ ) पाईतलाहरू
पाईतलाहरू,
सिंगो शरीर बोकेको छ , यिनले ।
सा – नो ,
एक बित्ते पाईतला
हिडाइरहेकोछ प्रत्येकलाई,
नाँगो पाईतलाहरूले ।
तिनिहरूलाई-
जस्का जीवनको अस्तित्व नै
त्यसैमा समेतिएको हुन्छ ।
यी पाईतलाहरुमा
बिज्दछन् तीखा काँडाहरू
पलपलमा घोंच्दछन्
चुच्चा मसीना ढुंगाहरुले
झाँझर – झाँझर हुन्छन् ।
रगतका थोपाहरू
टप-टप गरी टप्कन्छन् ।
राताम्य हुन्छन् ।
विवश छन्, यी पाईतलाहरू ।
थाम्नै पर्छ , देहलाई ।
के गर्नु ?
गरीबका अन्तर्रात्मालाई
बुझेका हुन्छन्,यिनले ।
त्यसैले त अडेका छन् , जसोतसो-
गरीबका घुट्काहरू ।
-( २०३० चैत ४ )
लाश,जो भष्म हुंदैन
( ४५ ) लाश , जो भष्म हुंदैन
मेले अाफ्नो शरीरभित्र
एउटा लाश जलाई राखेको छु।
त्यो लाश
म मा नव चेतनाले प्रवेश गरेदेखि
निर्वाध गतिले जलिरहेछ ।
मेरो मनका कोमल इच्छा ,अाकांक्षा ,
महत्वाकांक्षा,रीस,ईर्ष्या,लोभ अादि सबैलाई
पालै – पालोसंग होमी दिएको छु ।
भीषण अग्नि प्रज्जोल्लित गर्दा पनि
त्यो चीसो शव
भष्म हुन सकेको छैन ।
सधैं यो चीसो चिता कति जलाउने , कति कुर्ने ?
एउटा शीथिल अन्तःस्थल
एउटा गतीरोध चाल
एउटा अन्यमनस्कताको मनस्थिती
र एउटा असमयको अलाप
यही छ मेरो लाशमा शायद !
म मा मात्र हैन साथी,
यो तिमिमा पनि,हामी सबैमा नै विद्यामान छ ।
जिजीविषा बोकेको छ , यस्ले ।
गहिरीएर , एकचित्त भएर तिमी सोच ,
अवश्य नै साक्षात्कार हुन्छौ , यो संग ।
किन तिमी तड्पन्छौ , असीमित पीडाले ?
हो , यो शाश्वत लाशलाई
खरानी – खरानी पार्ने हो भने
मैले,तिमीले र हामीले
हाम्रो यो पार्थिव अाशा युक्त देहलाई ।
हीउँदै चीतामा होम्नु पर्ला ,
तब शायद यो लाशको
चीर अन्त होला ।
-( २०३४ असार २९ )
अाई रहुन् दुःखहरू
( ४७ )अाई रहुन् दुःखहरू
अाई रहुन् दुःखहरू
सधैं जीवनमा
भाग एे सुखहरू
बाँकी छ भने अझै ।
सधैं दुःख भोग्छु
त्यसैमा सुख छ ।
सुखानन्द खोज्छु त –
हृदयका व्यथाहरू
छटपटिन थाल्छन् ।
त्यसैले म भन्छु –
दुःख,दुखीको जीवन हो ।
सुख, सुखीको मृत्यु हो ।
दुःख,सुखोल्दछ ।
सुख,पिरोल्दछ ।
स्वागत छ अंध्यारा क्षणहरू ।
ढाक्न परे ढाक उज्यालो ।
नौलो प्रभात ल्याउने कोशिस गर्छु ।
सधैं उज्यालो मात्र रहे
नव निर्माण रोकिन्छ ।
तमरात्रिमा नै-
जीवनका लक्षहरू
परिचालित हुन्छन् ।
नत्र –
जीवनका गोरेटाहरू
शिथिल हुन्छन् ।
अाईरहुन् दुःखहरू ।
गरी रहूं संघर्षहरू ।
नौलो बिहानीको खोजमा
लागी रहूं ।
-( २०३६ वैशाख १ )
स्मरण
लोभको भाँडो नभर्ने नै भयो ।
टेष्ट परीक्षा पास गर्ने बिद्यार्थीहरूलाई एस.एल.सी. परीक्षा राम्रो श्रेणीमा उत्तीर्ण गराउनु पर्थ्यो । विशेष मार्ग निर्देशन चाहिन्थ्यो । २०४० सालदेखि रात्री स्कूलले ज्ञानोदय कोचिंग सेन्टर संचालन ग-यो । शुरूमा अाफ्नै विद्यालयका विद्यार्थी पढ्थे । पछि अन्य विद्यार्थीलाई पनि पढ्न दिइयो । सुगम र दुर्गम जिल्लाहरूबाट समेत यस कोचिंग सेन्टरमा पढन अाउँथे । ४० । ४० जनाको पाँच सेक्सन चल्थ्यो । पढाउने सबै शिक्षकले अा-अाफ्नो विषयमा परीक्षोपयोगी पुस्तक लेख्नु पर्ने नियम थियो । कोचिंग सेन्टरले प्रकाशित गर्थ्यो । भर्ना हुन अाउने बिद्यार्थीहरूलाई निःशुल्क उपलब्ध गराइन्थ्यो । कोचिंगबाट तीन फाइदा पाइन्थ्यो । एक – बिद्यार्थीहरू लाभान्वित हुन्थे । दुई – शिक्षकको वर्षमा एक पटक अतिरिक्त अामदानी हुन्थ्यो। तीन- विद्यालयले २० प्रतिशत रकम पाउँथ्यो । यसलेगर्दा अायस्रोतमा केही रकम थपिन्थ्यो । हरेक वर्ष पालोपालो संयोजक तोकिन्थ्यो ।उसले कोचिंगको पूर्ण ब्यवस्थापनको जिम्मेवारी लिन्थ्यो । छुट्टै भत्ता पाउँथ्यो । अाफ्नो विषयाध्यापन गरे बापत सबै सरह पारिश्रमिक पाउँथ्यो । उठेको शुल्कमा खर्च कटाइ शिक्षकहरूले पढाएको पिरियड अनुसारको पारिश्रमिक पाउँथे । २०४४ सालमा एकजना संयोजकले बेग्लै प्रस्ताव ल्याए । सातामा ३, ४ र ६ पिरियड पढाउने सबैखाले शिक्षकलाई बराबर रकम पारिश्रमिक दिने हिसाब पेश गरे । अर्थात प्रतिहप्ता ३ , ४ र ६ पिरियड पढाउनेलाई समान पारिश्रमिक बितरण गर्ने भन्ने हिसाब राखे । मलाई चित्त बुझेन । न्यायोचित नभएको सुझाएँ । मैले बिमति राखें । तर्क गरें । परिश्रम अनुसारको पारिश्रमिक दिनु पर्छ भनेर अडान लिएँ । म अंग्रेजी पढाउने र अर्का एकजनाले अनिवार्य गणित पढाउने गरी हामी दुई जना मर्कामा प-यौं । तर हाम्रो कुरा कसैले सुनेनन् । ६ जना दामासाहीले बराबर बाँड्ने पक्षमा उभिए । सही कुरा बोल्ने हामी दुई जना अल्पमतमा प-यौं । अर्को दिन छलफल गरौं भनेर सोच्न एक दिन थपें । तर त्यो दिन पनि ६ जना सहकर्मिहरू अाफ्नो अडानमा नै रहे । यसो गर्नु अन्याय हो । बिवेकको हत्या हो भनेर सम्झाएँ । उनीहरू मानेनन् । उनीहरूको लोभको भाँडो नभर्ने नै भयो । हामी दुईजनाले हार खायौं । बहुमतको जित भयो । हामी अल्पमत प-यौं । यो प्रजातन्त्रको मान्यता हो भन्ने बुझ्यौं । मन बिरक्त भयो । शिक्षित ब्यक्तिहरूमा समानता र न्यायको चेतना अाएन भने अरूबाट के अाशा राख्न सकिन्छ भन्ने सोचले सतायो, मलाई । मन उद्वेलित भयो । अशान्त रह्यो । मस्तिष्क गह्रौं भयो । मैले रकम कम पाउने भयो भनेर हैन । यो असमान र अन्यायपूर्ण पारिश्रमिकलाई कसरी सदुपयोग गर्ने भन्ने चिन्ता गर्न थालें । रिस उठ्यो । उठेको रिसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोचमा परें । अन्यायपूर्ण बितरित रकम मैले लिइन । नयाँ विचार फु-यो ।त्यो रकमले एउटा फूल साईजको स्टील दराज र केही कुर्सी किनेर विद्यालयको नाममा चढाएँ । मन हलुका भयो । गणित शिक्षकले पनि लिन्न भनेका थिए । तर दुई दिनपछि उनले अाफ्नो रकम बुझी लिए ।
यो घटनाको छाप विद्यालयको पठनपाठनमा पर्न दिइन । फलस्वरूप २०४६ सालमा रात्री विद्यालयले एस.एल.सी.मा राम्रो नितजा ल्यायो । जिल्ला प्रथम भई पुरस्कार प्राप्त ग-यो । मेरो मन मस्तिष्कमा यो कथा बनेर स्मृतिमा छाइ रह्यो ।