शैक्षिक जीवनका अनुभवहरु ( ५ ० )
२०७२ वैशाख २३ गते बुधवार
वहूराष्ट्रिय सेना खोज,उद्धार र राहत पछि हिमाल पर्यटन गर्न चाहन्छ ।
२०७२ वैशाख १२ र १३ गतेको प्रलयकारी भूकम्पमा परेर जन,धन र भौतिक संरचनामा क्षति भई मर्माहत भएका नेपाली जनतालाई हरतरहको मानवीय सेवा गर्न हाराहरीमा ४० देशबाट आएका बहुराष्ट्रीय सेनाका जवानहरुले अब्बल दर्जाको योगदान पुर्याएकोमा हामी नेपाली जनता आभारी छौं । अन्तराष्ट्रीय नियमहरुको पालना गर्दा ७ दिनसम्म उनीहरु नेपाल रहन सक्छन् ।
तर क्षतिको अधिक्तम उद्धार भई नसकेको कारणले उनीहरु केही समय यहीं बसी कार्य गर्न चाहन्छन् भन्ने समाचार प्रकाशमा आएको छ । साधन सम्पन्न भएकाले उनीहरुको दक्षताको फाइदा नेपालीले लिन पाउनु समय सान्दर्भिक
छ । यी सबका बावजूद उनीहरु हिमाल पर्यटनको आनन्द पनि निलिइ नछोड्ने मनस्थितिमा पनि रहेछन् भन्ने बुझ्नु पर्दछ । अमेरिका ,चीन र भारतको आपसी मनसाय चाहिं सीमा पर्यटन पनि हुंन सक्छ । हामीले चाहिं उनीहरुको दक्षता र प्रविधिको बढी भन्दा बढी फाइदा लिनु पर्दछ ।