तिमी नेपाल हेर ।
हार्नेको पनि जित हुन्छ ।
तिमी “नेपाल” हेर ।
जित्नेको पनि “प्रचण्ड” हार हुन्छ ।
तिमी नेपाल हेर ।
जितको पनि “हूर्मत” हुन्छ ।
तिमी नेपाल हेर ।
हार्दा पनि काइदाकै जित हुन्छ ।
तिमी नेपाल हेर ।
संविधान नबने पनि, सभाको प्राण थप्नु पर्ने ,
तिमी नेपाल हेर ।
दलैदलको योजनामा, देश डुब्यो दलदलमा,
तिमी नेपाल हेर ।
नेताको झगडामा, बने जनता कुहिराको काग
तिमी नेपाल हेर ।
नेता–कार्यकर्ता जताततै, खै जनता कता–कता ?
तिमी नेपाल हेर ।
पैले खान्थे राजा, खान्छन् अैले छोटे राजा ।
तिमी नेपाल हेर ।
ढोके, हुक्के,चैते नेता च्याउझैं † राजनेताको खडेरी †
तिमी नेपाल हेर ।
सकछन् रच्न इतिहास जनता, हेक्का छैन कि क्या हो नेता ?
तिमी नेपाल हेर ।
(२०६७ पुुस ३)
गजल
किन जुर्नु पर्यो लगन ?
मनै जुरे पछि ।
किन कुर्नु पर्यो बसन्त ?
मनै फूले पछि ।
किन लाउनु पर्यो लाली ?
जोवन फुले पछि ।
किन लाग्नु पर्छ घाम ?
मनै ताते पछि ।
किन पिउनु पर्छ अब ?
मनै माते पछि ।
किन छोप्नु पर्छ अधर ?
जोवन सुम्पे पछि ।
किन जुर्नु पर्यो लगन ?
मनै जुरे पछि । ( २०६७ मार्ग १३ )
……