लोभको भाँडो नभर्ने नै भयो ।
टेष्ट परीक्षा पास गर्ने बिद्यार्थीहरूलाई एस.एल.सी. परीक्षा राम्रो श्रेणीमा उत्तीर्ण गराउनु पर्थ्यो । विशेष मार्ग निर्देशन चाहिन्थ्यो । २०४० सालदेखि रात्री स्कूलले ज्ञानोदय कोचिंग सेन्टर संचालन ग-यो । शुरूमा अाफ्नै विद्यालयका विद्यार्थी पढ्थे । पछि अन्य विद्यार्थीलाई पनि पढ्न दिइयो । सुगम र दुर्गम जिल्लाहरूबाट समेत यस कोचिंग सेन्टरमा पढन अाउँथे । ४० । ४० जनाको पाँच सेक्सन चल्थ्यो । पढाउने सबै शिक्षकले अा-अाफ्नो विषयमा परीक्षोपयोगी पुस्तक लेख्नु पर्ने नियम थियो । कोचिंग सेन्टरले प्रकाशित गर्थ्यो । भर्ना हुन अाउने बिद्यार्थीहरूलाई निःशुल्क उपलब्ध गराइन्थ्यो । कोचिंगबाट तीन फाइदा पाइन्थ्यो । एक – बिद्यार्थीहरू लाभान्वित हुन्थे । दुई – शिक्षकको वर्षमा एक पटक अतिरिक्त अामदानी हुन्थ्यो। तीन- विद्यालयले २० प्रतिशत रकम पाउँथ्यो । यसलेगर्दा अायस्रोतमा केही रकम थपिन्थ्यो । हरेक वर्ष पालोपालो संयोजक तोकिन्थ्यो ।उसले कोचिंगको पूर्ण ब्यवस्थापनको जिम्मेवारी लिन्थ्यो । छुट्टै भत्ता पाउँथ्यो । अाफ्नो विषयाध्यापन गरे बापत सबै सरह पारिश्रमिक पाउँथ्यो । उठेको शुल्कमा खर्च कटाइ शिक्षकहरूले पढाएको पिरियड अनुसारको पारिश्रमिक पाउँथे । २०४४ सालमा एकजना संयोजकले बेग्लै प्रस्ताव ल्याए । सातामा ३, ४ र ६ पिरियड पढाउने सबैखाले शिक्षकलाई बराबर रकम पारिश्रमिक दिने हिसाब पेश गरे । अर्थात प्रतिहप्ता ३ , ४ र ६ पिरियड पढाउनेलाई समान पारिश्रमिक बितरण गर्ने भन्ने हिसाब राखे । मलाई चित्त बुझेन । न्यायोचित नभएको सुझाएँ । मैले बिमति राखें । तर्क गरें । परिश्रम अनुसारको पारिश्रमिक दिनु पर्छ भनेर अडान लिएँ । म अंग्रेजी पढाउने र अर्का एकजनाले अनिवार्य गणित पढाउने गरी हामी दुई जना मर्कामा प-यौं । तर हाम्रो कुरा कसैले सुनेनन् । ६ जना दामासाहीले बराबर बाँड्ने पक्षमा उभिए । सही कुरा बोल्ने हामी दुई जना अल्पमतमा प-यौं । अर्को दिन छलफल गरौं भनेर सोच्न एक दिन थपें । तर त्यो दिन पनि ६ जना सहकर्मिहरू अाफ्नो अडानमा नै रहे । यसो गर्नु अन्याय हो । बिवेकको हत्या हो भनेर सम्झाएँ । उनीहरू मानेनन् । उनीहरूको लोभको भाँडो नभर्ने नै भयो । हामी दुईजनाले हार खायौं । बहुमतको जित भयो । हामी अल्पमत प-यौं । यो प्रजातन्त्रको मान्यता हो भन्ने बुझ्यौं । मन बिरक्त भयो । शिक्षित ब्यक्तिहरूमा समानता र न्यायको चेतना अाएन भने अरूबाट के अाशा राख्न सकिन्छ भन्ने सोचले सतायो, मलाई । मन उद्वेलित भयो । अशान्त रह्यो । मस्तिष्क गह्रौं भयो । मैले रकम कम पाउने भयो भनेर हैन । यो असमान र अन्यायपूर्ण पारिश्रमिकलाई कसरी सदुपयोग गर्ने भन्ने चिन्ता गर्न थालें । रिस उठ्यो । उठेको रिसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोचमा परें । अन्यायपूर्ण बितरित रकम मैले लिइन । नयाँ विचार फु-यो ।त्यो रकमले एउटा फूल साईजको स्टील दराज र केही कुर्सी किनेर विद्यालयको नाममा चढाएँ । मन हलुका भयो । गणित शिक्षकले पनि लिन्न भनेका थिए । तर दुई दिनपछि उनले अाफ्नो रकम बुझी लिए ।
यो घटनाको छाप विद्यालयको पठनपाठनमा पर्न दिइन । फलस्वरूप २०४६ सालमा रात्री विद्यालयले एस.एल.सी.मा राम्रो नितजा ल्यायो । जिल्ला प्रथम भई पुरस्कार प्राप्त ग-यो । मेरो मन मस्तिष्कमा यो कथा बनेर स्मृतिमा छाइ रह्यो ।
Category Archives: Education
(९२) सामुदायिक विद्यालयको एस.एल. सी. नतिजा सुधारोन्मुख
शिक्षण जीवनका अनुभवहरु ( ९२ )
२०७२ असार ५ गते शनिवार
सामुदायिक विद्यालयको एस.एल. सी. नतिजा सुधारोन्मुख
धेरै गाली खाइयो विगतमा सामुदायिक विद्यालयको एस. एल. सी. परीक्षाको नतिजा ओरालो लाग्ने गरेकोले । “माष्टरले राजनीति गरे । नेताका पछि पछि लागे । ठगे । पढाएनन् । खेताला शिक्षक राखे । मन लगाएर पढाएनन् । हाजिर नभै तलब भकुरे ।” यस्ता यस्ता मानमर्दन गर्ने गाली खाने बानी नै भएको थियो । केही हदसम्म गाली ठीक पनि छन् । तर मिहिनेत गरेर इमानपूर्वक पढाउने शिक्षकलाई मुछ्नु हुंदैन । नतिजा फरक पर्नुमा अनेक कारक जिम्मेवार छन् । प्राय: सामुदायिक विद्यालयमाहरुमा श्रमिक वालवालिका भर्ना गरिएका हुन्छन् । साहुबा, साहुनी आमाको रातदिन काम गरी बचेको समयमा पढ़ने विद्यार्थीको नतिजा स्वाभाविकैले उत्कृष्ट हुंदैन नै । अपवादको कुरा छोड़ौं । हुने खानेका लालावाला त निजी स्कूलमा गएकै त छन्, बाबै । विद्यार्थीको पृष्ठभूमिमा नतिजा तलमाथि हुन्छ । अभिभावकको सचेतना नतिजा फरक हुन्छ । विद्यालयको विद्यार्थी कल्याण कार्यक्रम र शिक्षकको टिम वर्कमा नतिजा भर पर्दछ ।
२०७१ सालको सामुदायिक विद्यालयको एस.एल. सी. नतिजा सुधारोन्मुख रहेको तथ्याँक देखा परेकोछ । २०६९ मा २८.४२ %, २०७० मा २८.२९ % र २०७१ मा ३३.१८ % नतिजामा सुधार आएको पक्कै हो । झण्डै ५ % बृद्धि भएको छ । राजनीति गर्न त शिक्षकले छाडेका छैनन् । अलिक कमी आएको पक्कै हो ।शिक्षा मन्त्रालयले अनुगमनमा निरन्तरता दिएको कारण पनि एक हो । विद्यालयहरु आफैले पनि अंग्रेजी माध्यममा शिक्षण थालेको पक्ष पनि एक हो । अभिभावकहरुको आर्थिक स्थितिमा सुधार भएको अर्को पक्ष पनि जिम्ममेवार हो । क्रमश:
A LOST LOVE: THE LEARNING OF THE PAST FOR FUTURE
A Dissertation Submitted to
Faculty of Education, Tribhuvan University,Nepal
In partial fulfillment of requirements of
the degree of Master of Philosophy inEducation
January 2011
AN ABSTRACT OF THE DISSERTATION OF Love Kumar Joshi for the degree of Master of Philosophy in Education Presented on: 17 April 2011.
Prof. Bidya Nath Koirala, Ph.D., Dissertation Supervisor
The study portrays my extremely heartfelt experience of grieving death and dying rituals of my loved son-Rose. In fact, one should not live killing the heart (Shkya, 2008, p. 8). This grief research points to isolation and traumatic circumstances of the grievers (the family) face.
Evocative auto ethnography is the method that I used. The writing is bogies of journey to self.This thesis has utilized the theoretical constructs of symbolic interaction and evocative auto ethnography as forms of self- enquiry; revealing how I come to make sense of my lived experience in dealing with the loss of a loved one. I drew heavily upon personal journals, academic papers, and the religious books such as; The Geeta; The Garuda Purana; The Shiva Maha Puranam; Srimad Bhagawat Maha Puran and The Vedas. Grief epics-Muna Madan and Gauri; dialogical discourse with the pundits; hearsays; newspaper clippings and cultural Sa Paru etc. are used as field notes in order to construct narratives dealing.
My findings showed that grief brings both positive and negative transformation in life.
However, I am in favor of positive ones. In addition, the implication to education is that griefs literatures reduce pain and help people live for others life as well. In my case, I have accepted “writing as a therapy (James W. Pennebaker, 1990).”
Continue reading A LOST LOVE: THE LEARNING OF THE PAST FOR FUTURE