( १६९ ) दैनिक जीवनका अनुभवहरु
२०७२ साल भाद्र २८ सोमवार
क्या राम्री ।
चन्द्रमा त दागी छ ।
तिमी त बेदाग छ्यौ ।
क्या राम्री ।
मृग नयनमा पनि गाजल,
ती नयनाभिराम नयन,
क्या राम्री ।
पूर्ण श्रृँगारमा सजिएकी प्रकृति,
त्यो कृत्रिम श्रृँगार किन चाहियो ?
क्या राम्री ।
रसिला ओंठहरु
चुम्बन खोजी रहन्छन् ।
तीनमा लिपपोत किन गर्ने ?
क्या राम्री
प्रकाशको पुन्ज त्यो मुखमण्डल ।
लाली त्यहां किन चाहियो ?
क्या राम्री ।
चन्द्रमा त दागी छ ।
तिमी त बेदाग छ्यौ ।
क्या राम्री ।
नितम्ब तलै झरेको केश लहरी,
छालझैं सागरमा ।
क्या राम्री ।
फिक्का हुंने शिल्पिको कला पनि,
त्यो चन्द्रवदन
क्या राम्री ।
रमाउने आफ्नै संस्कृतिमा,
हाकु पतासीमा यो ल्यासे,
क्या राम्री ।
मर्काई पातुलो कम्मर,
अनार दाना दाँत देखाउने चाल,
क्या राम्री ।
आपतकै आँधी छेक्ने …
हिमालझैं अविचल,
साहसी व्यक्तित्व,
क्या राम्री ।
चन्द्रमा त दागी छ
तिमी त बेदाग छ्यौ ।
क्या राम्री ।
-२०७१ पुस ७
पानी पुरी खाने किशोरी
छोटो-छोटो पोशाक
फरर -फरर उड्दा
भित्री वश्त्र देखिने
एक झुण्ड किशोरी
पानी पुरी खाँदै
हंसी मजाक गर्दै
मुरी मुरी हाँस्दा
पुरीको झोल
ओंठबाट झरी
छातिबाट बग्दा
फिस्स हाँसी
वाल्ल परी हेर्थ्यो
पानी पुरी दादा ।
” लौ तेरो त…”
भन्दै खितित्त
हाँस्थे सखीहरु ।
टक्क रोकिइ
पुर्लुक्क हेर्थे
वटुवाहरु ।
गर्दा खिसी एउटीको
अर्कीको पनि
हुन्थ्यो त्यही गती ।
पानी पुरीको
रंग लगाई
मुष्ठै पैसा तिरी
टिमिक्-टिमिक्
चाल चाल्दै
छोटा-छोटा
पोशाक उडाउंदै
हुत्तिए भीड ठेल्दै ।
पानी पुरी खाने किशोरी
– बुटवल
२०७१ चैत १५
सन् २०११ समक्ष माग–पत्र
नयां वर्ष २०११ †
हाम्रा नेताका बुध्दि
सपार २ ।
शान्ति प्रक्रिया निष्कर्षमा
पु–याऊ, २ ।
जनमतको कदर
गर २ ।
संविधान निर्माण
छिटो गर २ ।
सुडान घोटालाकर्तामाथि कारबाई
चलाऊ २ ।
बन्द हड्ताल, चक्काजाम,
लूट अपहरण, हत्या हिंसा
बन्द गर २ ।
महंगी नियन्त्रण
गर २ ।
गरिबी र बेरोजगारी
घटाऊ २ ।
हस्तक्षेपकारी कूटनीति
बन्द गर २ ।
विश्व विनाशकारी घातक हतियार
नष्ट गर २ ।
……………….