दशैं आयो
फूल भन्छ- दशैं आयो ।
घाम भन्छ- दशैं आयो ।
पानी भन्छ- दशैं आयो ।
आकाश भन्छ- दशैं आयो ।
वायु दिन्छ सुवास- दशैं आयो ।
रातो माटो भन्छ- दशैं आयो ।
कमेरो माटो भन्छ- दशैं आयो ।
धानको बाला भन्छ- दशैं आयो ।
यात्री भन्छ- दशैं आयो ।
मालश्री भन्छ-दशैं आयो ।
मठ मन्दिरका घण्ट भन्छन्- दशैं आयो ।
वालवाला भन्छन्- दशैं आयो ।
आयो, आयो दशैं आयो ।
लौ लौ थाप्नुस्-
दशैंको शुभकामना आयो ।
माता दुर्गाको आशिष आयो ।
(२०७०/०६/१९/७)