अंग्रेजी पढाउँदा translation method पनि उपयोगी हुन्छ ,प्रयोग गर्नु पर्छ ।
२५ गतेको बाँकी…
तर सामान्यतया विद्यार्थीको आमाबाबु अंग्रेजी बोल्दैनन् । खेल्ने चौरमा साथीसंगाती अंग्रेजी बोल्दैनन् ।टोलछिमेकमा अंग्रेजी बोलिन्न । स्वयं शिक्षकहरु स्टाफ रुममा आपसमा अंग्रेजी बोल्दैनन् । कक्षा कोठामा अनेकथरिका भाषा बोल्ने जनजातिहरु हुन्छन् । उनीहरुलाई अंग्रेजी फलामको च्यूरा चपाए जस्तै हुन्छ । सामुदायिक विद्यालयहरुमा ६ वटा घंटी नेपाली माध्यममा पढाइन्छ । मात्र अंग्रेजी ४५ मिनट पढाइन्छ । यस्तो परिस्थितिमा कसरी अंग्रेजीको स्तरीय पढाइ हुन्छ ?
पाठ्यक्रमको उद्देश्य प्राप्त गर्न केही त गर्नै पर्छ । शिक्षकले परिश्रमकासाथ पढाउंनै पर्दछ । सरल सुबोध अंग्रेजी माध्यममा बोल्नै पर्दछ । विद्यार्थीलाई बोल्न प्रेरित गर्नै पर्दछ । त्यसकोलागि दैनिक प्रयोग गरिने वाक्याँश घोकाउनै पनि पर्दछ ।शिक्षकले प्रश्नोत्तर लेखाइ बारम्बार पढ्न र लेख्न लगाइ सोधनी गर्नै पर्दछ । पाठ्याँशको आवश्यक आवश्यक ठाउँमा नेपाली भाषामा अनुवाद पनि गर्नै पर्दछ ।शिक्षकको दायित्व हो – विद्यार्थीलाई बुझाइ पढाउनु ।शिक्षकले मात्र कक्षामा अंग्रेजी फटफटाएर हुंनेवाला केही छैन । कसै कसैले गर्व पनि गर्दछन् , अंग्रेजीमा नै पढ़ाएँ, बोलें भनेर । यस्तो जड व्यवहारले भैंसीको सामु बाँसुरी बजाउनु जस्तै हुन जान्छ ।
आजकाल communicative English को बोलबाला छ । Translation method लाई traditional method भनेर गिल्ला गर्नु कदापि हुंदैन । पाठलाई सरल बनाइ बुझाउन यो विधि प्रभावकारी छ ।
अंग्रेजी पढाउंदा आवश्यक परेको ठाउँमा नेपालीमा पनि अनुवाद गरेर बुझाउनु पर्दछ ।
विद्यालय शिक्षाको पाठ्यक्रममा अंग्रेजी विषय अनिवार्य विषयमा पर्दछ । २०२८ सालदेखि ५० को दशकसम्म कक्षा ४ देखि अंग्रेजी पढाइन्थ्यो । २०६० को हाराहारीदेखि सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि नै अंग्रेजी पढाइन थालियो । यसलाई दोस्रो र विदेशी भाषाको रुपमा लिइन्छ । अप्ठेरो त अवश्यै हुन्छ, नै । भाषा शिक्षण गर्दा सोही भाषामा नै गर्नु पर्दछ । अर्थात अंग्रेजी पढाउंदा अंग्रेजीमा नै पढाउनु पर्छ, विद्यार्थीलाई अंग्रेजी नै बोल्न लगाउनु पर्दछ । यसो गर्दा संचार ( communication ) छिटो हुन्छ भन्ने सोंच हो । तर विद्यालयको कक्षा कोठा भित्रमात्र अंग्रेजी बोलेर हुंदैन । घर-आगन,खेल मैदान र साथीसंगाती माझ पनि अंग्रेजी बोल्ने वातावरण हुनु पर्दछ ।( क्रमश: )
आज विशाल हिन्दू सभा र -याली भयो, राजधानीमा । हिन्दू गुरुहरु , सन्तमहन्त , मठ मन्दिरका पुजारीहरु सबैको बाक्लो उपस्थिति थियो । ठूलो संख्यामा सर्वसाधारण पनि । सनातन हिन्दू धर्म संविधानमा लिपीबद्ध हुनु पर्ने माग थियो । ढीलै भए पनि धर्माधिकारीहरुले एक्यबद्धता देखाउनु भयो । आह्वान पनि गर्नु भयो, हाम्रा नेताहरूलाई जनभावनाको कदर गर्न । नेता सनातनी वैदिक हुन । तर कसैले उनीहरुलाई झुक्याए, निरीह बनाए । प्रलोभनमा पारे । केही कसैको क़र्ज़ाले लादिएको भए,भीक्षातन गरेर शोधभर्ना गर्ने छौं भनी बारम्बार जनआवाज कुर्लीरहेको थियो ।
यसबाट नेताहरूले पाठ सिकेर जनभावनाको कदर गर्ने साहस देखाउनु पर्दछ ।
केही समयदेखि नेपालमा बसोबास गर्ने मुस्लिम समुदायले पनि देशको नयाँ बन्ने संविधानमा सतातन हिन्दू धर्म कायम हुनु पर्ने अभिव्यक्ति दिंदै आएको देखिएकोछ । यो अस्वाभाविक भने होइन । यो हिन्दू धर्मको समन्वयकारी र संरक्षणकारी प्रकृतिको प्रतिफल हो ।
हिन्दू धर्म प्राचीन र सनातनदेखि मानी आएको र चली आएको धर्म हो । यसको क्षत्रछायाँमा सबै जातजाति सुरक्षित छन् । केही नेताहरूले राज्यको कुनै धर्म हुंदैन भन्दै आएका छन् । यो सिद्धान्तको कुरा हो ।मान्छेले सिद्धान्त बनाउने हो । सिद्धान्तले मान्छे बनाउने होइन । सतातनदेखि चली आएको प्रचलनलाई संरक्षण दिनु राज्यको कर्तव्य हुन्छ । सबैको हित गर्ने, सबैको सुख चाहने यो धर्मलाई पाखा लगाउँदा कसैको अभीष्ट पूरा हुंदैन । बरू कलंकों टीका लगाउनु जस्तै होला, केहीलाई। यो कुचेस्ता नगरियोस् । बहुसंख्यक नेपालीको मनोभावनाको कदर हुंनै पर्दछ ।
सरल,निष्ठावान र विकासप्रेमी बुटवलवासी राजनीतिकर्मी सूर्य प्रसाद प्रधान रहेनन् ।
सरल व्यक्तित्व । मिलनसार । कसैको बिगार नगर्ने । बुटवलको चौतर्फि विकासमा समर्पित । बुटवलका नगर प्रमुख र नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नं. ४ का पूर्व सांसद थिए, उनी । एउटा संसदीय समितिका सभापति पनि । तर नेपाली काँग्रेसबाट उनी मन्त्री बन्न सकेनन् । भनौं मन्त्री बनाइएन । बुटवलवासीको इच्छा थियो, वहाँ त्यो पदमा पुगुन् भन्ने ।
मैले यसबारे एक पटक सोधेको थिएं । जवाफ दिनु भयो- ” म जेलनेल नखाएको मान्छे परें । मेरो नम्बर त कहिल्यै नआउने रहेछ । कहिलेकाँही बिरक्ति लाग्छ । २०४६ तिरको जन आन्दोलनमा शहिद भएको भए राम्रो हुन्थ्यो ।”
कटु अभिव्यक्ति थियो । नेपाली काँग्रेसको अनुदारवादी नीति स्पष्ट भयो । निरन्तर लागी रहनु भयो बुटवलको प्रगतिनिम्ति । बुटवल स्थित ज्ञानोदय रात्री माध्यमिक विद्यालयको संचालक समितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । म प्र. अ. भएर १० वर्ष काम गर्ने अवसर पाएको थिएं । उद्योग वाणिज्य संघ बुटवलको तर्फबाट निरन्तर अनुदान उपलब्ध गराउनु भयो । मजदूरवर्ग र पढाइ छुटेका महिलावर्गले समेत शिक्षाको अवसर पाएका छन् ।
दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछु । यस दु:खद घडीमा परिवार जनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसंग प्रार्थना गर्दछु ।
२०७२ वैशाख १२ / २९ को महाभूकम्पले धराशायी बनाएको नेपालको साँस्कृतिक महत्ता बोकेको काष्ठमण्डप स्थल पुगेपछि हृदय विदीर्ण हुन्छ । अक्क न बक्क भइन्छ । पटक-पटक हेरेको-देखेको काष्ठमण्डप आज अतित भएको छ । एउटै रूखबाट बनेको भनिएको यो कलाकृति के पुन: त्यसरी नै खडा हुंन सक्ला ? सील्पीको त कमी छैन, हाम्रो देशमा । सरकारको नेतृत्वदायी भूमिकामा नेपाली मात्रले एउटा इटाको योगदान गर्नै पर्छ । परामुखापेक्षी हुनु हुन्न ।
काष्ठमण्डपको सेरोफेरोमा घुम्ने अर्थतन्त्र भने तुहिएकै छ । म वाल्ल परेर हेर्दै थिएँ । एक जना जिज्ञासुले सोध्यो, ” यहाँका देवताहरु कहाँ छन् त ? रैथाने फूल व्यापारीले जवाफ दियो,” भूकम्प आएपछि देवताहरु पनि खुट्टा हालेर भागे ।”
आज साउन महिनाको तेस्रो सोमवार । कमलाले भगवान पशुपतिनाथको दर्शन गर्ने इच्छा गरेकीले प्रात:काल ५:३० बजे नै प्राँगणमा पुग्यौं ।बोलबम काँवरिया भक्तजनहरुको ला—-मो लाम थियो । त्यो लाममा किशोर,किशोरी, युवा-युवति र पाका भक्तहरुको संयोजन थियो । हिमालवासी, पहाडवासी,तराईवासी र सहरवासी सबैतिरकावासी थिए । एउटै मनोकाँक्षाका थिए – शिव दर्शन । एउटै स्वर थियो – ” बोलबम ! बोलबम !! बोलबम !!! पहेंलपूरी भएको थियो , आराध्यदेवको प्राँगण । स्वस्फुर्त थियो भेला ।समर्पण थियो , उत्सर्ग थियो । कस्को निम्तोमा आएका थिए त्यो मानव सागर ? उनीहरुमा कुनै राजनैतिक आग्रह पूर्वाग्रह थिएन । यस्ता शिव भक्तहरुको देशलाई कस्ले चाहेको हो धर्मनिरपेक्ष बनाउँन ? को हो त्यो जसले भन्छ – ” राज्यको कुनै धर्म हुंदैन”भनेर ? त्यो नेपालको माटोमा जन्मेका हैन र ? त्यसले खहरे खोलाको एक अंजुली पानी पिएको छैन र ? बहुसंख्यक जनमानसको कदर संघीय गणतन्त्रमा हुंदैन र ? के नेतातन्त्रको मनपरी हुन्छ र प्रजातन्त्रमा ?
शिक्षण जीवनका अनुभवहरु ( १२९ )
२०७२ साउन १७ गते आइतवार
गुरुले मन लगाएर, ज्ञान गंगा बगाएर पढाउनु पर्दछ ।
दैनिक कक्षा शिक्षणको क्रममा गुरुले आफ्ना विद्यार्थीहरुलाई नयाँ नौलो ज्ञान सीपका साथै विषयवस्तुमाथि विस्तृत प्रकाश पारेर शिक्षण गर्नु पर्दछ ।विद्यार्थीले आफ्नो शक्ति अनुसार ग्रहण गर्दछन् । तर शिक्षकले शिक्षण गर्दा थप उर्जाका साथ पढाउनु पर्दछ ।
विगत केही वर्षदेखि गुरु पूर्णिमा पर्व औपचारिकतामा मात्र सीमित रहेको देखिन्छ । उपल्लो कक्षाका विद्यार्थीहरुले यो पर्व मनाउन केही अर्थ संकलन गर्दछन् । गुरूवर्गलाई सम्मान गर्दछन् । शिक्षक र विद्यार्थीको तर्फबाट एक दुई नैतिक भाषण ठोकिन्छ । अर्को दिनदेखि फेरि त्यही यन्त्रवतका क्रियाकलाप । केही पाकाहरुको यस्तो भनाइ सुनें डिल्लीबजारको चौकमा- ” अहिले गुरु, गुरु जस्तो छैनन् । चेला, चेला जस्तो छैन । गुरूलाई मूल्यमा तौलिने गरिन्छ ।शिष्यलाई एउटा उत्पादन / Product को रुपमा । विकाउका चीज हुंन् जस्ता । शिष्यको तानातान हुन्छ, भर्ना गर्ने गराउने बहानामा। विदेशी शैक्षिक प्रतिष्ठानहरु खोल्छन् मेलाहरु । यिनलाई कुनै रोकटोक छैन ।हजारौं कलिला छात्रछात्राहरु विदेशिन्छन् , गतिलो र गुनिलो कलेज विश्वविद्यालयका खोजमा । बेखबर छन् सरकारी निकाय । कानमा तेल हालेका र बाँधेका छन् आँखामा पट्टी ,यहाँका नेताजीहरुले । गुरुहरु मौन व्रतमा छन् ।”
It is about academic writing, travelogue, gajals, blog, stories & poems etc.