गजल
तातो तातो चीयाले ओंठ पोल्दो रहेछ ।
न्यानो न्यानो मायाले मुटु जल्दो रहेछ ।
टाढा टाढा हुंदा जोवन गल्दो रहेछ ।
प्रतिक्षाको घडी झन लामो हुंदो रहेछ ।
तन टाढा भए पनि मन नजिकिंदो रहेछ ।
पीरती सांचो भए मनको तार जोडिंदो रहेछ ।
फूलमा राम्रो गुलाफ टिप्दा कांडा पो बिज्दो रहेछ ।
सृष्टिमा राम्रो मनुवा छान्दा बैगुनी पो परेछ ।
(२०६७ फागुन ५)
…………