आज साउन महिनाको तेस्रो सोमवार । कमलाले भगवान पशुपतिनाथको दर्शन गर्ने इच्छा गरेकीले प्रात:काल ५:३० बजे नै प्राँगणमा पुग्यौं ।बोलबम काँवरिया भक्तजनहरुको ला—-मो लाम थियो । त्यो लाममा किशोर,किशोरी, युवा-युवति र पाका भक्तहरुको संयोजन थियो । हिमालवासी, पहाडवासी,तराईवासी र सहरवासी सबैतिरकावासी थिए । एउटै मनोकाँक्षाका थिए – शिव दर्शन । एउटै स्वर थियो – ” बोलबम ! बोलबम !! बोलबम !!! पहेंलपूरी भएको थियो , आराध्यदेवको प्राँगण । स्वस्फुर्त थियो भेला ।समर्पण थियो , उत्सर्ग थियो । कस्को निम्तोमा आएका थिए त्यो मानव सागर ? उनीहरुमा कुनै राजनैतिक आग्रह पूर्वाग्रह थिएन । यस्ता शिव भक्तहरुको देशलाई कस्ले चाहेको हो धर्मनिरपेक्ष बनाउँन ? को हो त्यो जसले भन्छ – ” राज्यको कुनै धर्म हुंदैन”भनेर ? त्यो नेपालको माटोमा जन्मेका हैन र ? त्यसले खहरे खोलाको एक अंजुली पानी पिएको छैन र ? बहुसंख्यक जनमानसको कदर संघीय गणतन्त्रमा हुंदैन र ? के नेतातन्त्रको मनपरी हुन्छ र प्रजातन्त्रमा ?
शिक्षण जीवनका अनुभवहरु ( १२९ )
२०७२ साउन १७ गते आइतवार
गुरुले मन लगाएर, ज्ञान गंगा बगाएर पढाउनु पर्दछ ।
दैनिक कक्षा शिक्षणको क्रममा गुरुले आफ्ना विद्यार्थीहरुलाई नयाँ नौलो ज्ञान सीपका साथै विषयवस्तुमाथि विस्तृत प्रकाश पारेर शिक्षण गर्नु पर्दछ ।विद्यार्थीले आफ्नो शक्ति अनुसार ग्रहण गर्दछन् । तर शिक्षकले शिक्षण गर्दा थप उर्जाका साथ पढाउनु पर्दछ ।
विगत केही वर्षदेखि गुरु पूर्णिमा पर्व औपचारिकतामा मात्र सीमित रहेको देखिन्छ । उपल्लो कक्षाका विद्यार्थीहरुले यो पर्व मनाउन केही अर्थ संकलन गर्दछन् । गुरूवर्गलाई सम्मान गर्दछन् । शिक्षक र विद्यार्थीको तर्फबाट एक दुई नैतिक भाषण ठोकिन्छ । अर्को दिनदेखि फेरि त्यही यन्त्रवतका क्रियाकलाप । केही पाकाहरुको यस्तो भनाइ सुनें डिल्लीबजारको चौकमा- ” अहिले गुरु, गुरु जस्तो छैनन् । चेला, चेला जस्तो छैन । गुरूलाई मूल्यमा तौलिने गरिन्छ ।शिष्यलाई एउटा उत्पादन / Product को रुपमा । विकाउका चीज हुंन् जस्ता । शिष्यको तानातान हुन्छ, भर्ना गर्ने गराउने बहानामा। विदेशी शैक्षिक प्रतिष्ठानहरु खोल्छन् मेलाहरु । यिनलाई कुनै रोकटोक छैन ।हजारौं कलिला छात्रछात्राहरु विदेशिन्छन् , गतिलो र गुनिलो कलेज विश्वविद्यालयका खोजमा । बेखबर छन् सरकारी निकाय । कानमा तेल हालेका र बाँधेका छन् आँखामा पट्टी ,यहाँका नेताजीहरुले । गुरुहरु मौन व्रतमा छन् ।”
शिक्षक बन्ने ब्यक्तिले सदा समय पालन गर्नु पर्दछ भनेर मेरा अग्रज आदरणी गुरुहरुले भन्ने गर्नु हुन्थ्यो । म शिक्षक बनेपछि यो कुरा अनुभूत गरें । समयमा विद्यालय पुग्ने गर्नाले प्र.अ. ,संचालक समिति र अभिभावक-विद्यार्थी सबै खुसी हुंदा रहेछन् । केही work cheat / काम ठग सहकर्मीहरु भने इर्ष्या गर्दा रहेछन् । यिनीहरु शिक्षण पेसालाई दोस्रो दर्जाको ठान्ने, प्लेट फर्म बनाइ कुरेर बस्ने र मौका पाउनासाथ अर्कै पेसामा लाग्ने खालका हुन्छन् ।समयमा पुग्नु, समयमा कक्षा लिने, समयमा कक्षा छाड्ने र निर्धारित समयमा उत्तरपुस्तिका परीक्षण गरी रिजल्ट दिने शिक्षकको प्राथमिकतामा पर्नु पर्दछ । लामो समयसम्म प्रधानाध्यापक हुंदा पनि मैले समय पालन गरें । शिक्षक टाइम पिस बन्नु पर्दछ ।
मित्र राष्ट्र भारतका पूर्व राष्ट्रपति अब्दुल कलाम रहेनन् । उनको देहावसान असममा अकस्मात् विरामी हुंदा भयो ।उनी भारतका रकेट वैज्ञानिक थिए । उनी missile man भनेर चिनिन्थे ।सन २००२ देखि २००७ सम्म उनी भारतका ११ औं राष्ट्रपति थिए । भारतीय जनता पार्टीका प्रधानमन्त्री अटल विहारी बाजपेयीले उनलाई राष्ट्रपति बनाउन भूमिका खेलेका थिए ।उनलाई विद्यार्थीहरु निकै मन पर्थ्यो । पढाउन अति नै सौखिन थिए ।राष्ट्रपतिकोलागि मनोनित गर्नु पूर्व उनलाई सोधिएको थियो , ” सर तपाई अहिले के गर्दै हुनुहुन्छ ?” तुरुन्तै जवाफ दिए,” भोलि पढाउनु पर्ने विषयको तयारी गर्दै छु ।”
नेपालमा विज्ञान तथा प्रविधि मन्त्रालय पहिलो पटक स्थापना गर्दा एक जना वैज्ञानिकको ठाउँमा एक जना सडक बनाउने ठेकेदारलाई मन्त्री बनाइएको थियो ।
अब्दुल कलामले भनेका थिए, ” मलाई माया गर्ने हो भने मेरो मृत्यु हुंदा देशमा विदा नदिनु , अझ बढी परिश्रम गरी काम गर्नु ।”
दिवंगत आत्माले चीर शान्ति पावस् भनी भनवानसंग प्रार्थना गर्दछु ।
त्यहाँ केटा र केटीले गर्ने कामको स्पष्ट विभाजन देखियो ।
कुरा २०२७ सालतिरको हो । म बुटवल -खस्यौली नगर पंचायतद्वारा संचालित अनिवार्य नि:शुल्क प्राथमिक पाठशाला केन्द्र नं.१ कालिका नगरमा पढाउँथें । म पढाइ लेखाइको मामलामा अलिक कडाइ गर्थें । गृह कार्य नगर्ने विद्यार्थीलाई केही न केही सजाय दिन्थें । एक दिन १० / १२ जनाले गृह कार्य गरेर ल्याएनन् । तिनीहरुलाई विद्यालय पछाडि लगें । त्यहाँ खेतमा सिंचाइ गर्ने कुलो थियो । “लौ तिमीहरु १० मिनट कुलोमा उभिएर बस”, मैले निर्देशन दिएं । एउटा गएर पानी छोयो ।”ओ हो , मरिन्छ ।” , भन्न थाल्यो । ढीलो विद्यालय भर्ना भएका केटीहरु लजाउन थाले । म आफै कुलोमा एकछिन उभिनु थालें ।पानी चीसो थियो ।किन कि जाडो याम पुस थियो । दिन लागेको सजाय रोकें ।विकल्प सोचें । भने- “भैगो, जाडो छ । कक्षा कोठा सफा गर अथवा करेसाबारी गोडमेल गर । रोजेर काम गर ।”
छात्रहरु करेसाबारी तिर गए । छात्राहरु कक्षा कोठा सफा गर्न गए । त्यहाँ केटा र केटीले गर्ने कामको स्पष्ट विभाजन देखियो ।
यो साउन महिना सूर्योदयदेखि सूर्यास्त सम्म र राति सपनामा पनि जनताले आफूले चुनेर पठाएका सांसदहरुले आफ्नै संविधान बनाउन सफल हुंने छन् भन्ने अभिलाषा साँचेर बसेका छन् । सच्चा सभासद्हरुले जनताको आकाँक्षा अवश्य पूरा गर्ने छन् । जनता निराश भए भने फेरि तथाकथित साँसदहरु जनताको घर दैलोमा टेक्न जान सक्ने छैनन् ।उचित सुझावहरु संविधानमा समावेश गर्नु पर्दछ ।जनताको भावना नमेटिएको संविधानले जनतालाई अमनचैन दिन सक्दैन । नेपालीहरु संसारकै सिधासाधा प्राणीमा पर्दछन् । उनीहरुलाई धर्मको नाममा प्रताड़ना दिइनु हुंदैन ।भौगोलिक आधारमा विभाजन गर्न दिनु हुंदैन ।
२०७२ साउन ७ / ८ गते विहिवार / शुक्रवार
लिपुलेकबारे नेकपा माओवादी ( चन्द ) को चिन्तन देशभक्तिपूर्ण छ । तर बन्द आह्वान उचित थिएन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत जेष्ठ १ गते भएको चीन भ्रमणको बेला नेपालको लिपुलेक भएर दई देश बीच भएको ब्यापार सम्झौतामा नेपाललाई बेवास्ता गरियो भन्ने मुद्दा उठाएर आज साउन ८ गते नेकपामाओवादी ( चन्द ) ले नेपाल बन्द गर्यो । बन्द आफैमा झड़
आफ्नो राष्ट्रको सार्भभौमिकताबारे आम जनमानसलाई सचेत गराइ जागा गर्नु नितान्त आवश्यक छ । भारत र चीनबीच कतिपय विषयमा सम्झौता हुन्छ भन्ने ज्ञात हुंदा हुंदै कुटनीतिक माध्यमबाट पहल नगर्नु हाम्रै परराष्ट्र मामिला हेर्ने बुझक्कडहरुको कमजोरी हो । चनाखोपनको अभाव हो ।
यसबारे मैले जेठ ३० गते पोष्ट गरेको ब्लग पुन पोष्ट गर्दछु –
“भारत र चीनले गरेको लिपुलेक सम्झौतामा नेपाललाई पनि समावेश गर्नु पर्दछ ।
लिपुलेक महाकाली नदीपारि कालापानी क्षेत्रमा पर्छ ।यो दार्चुला जिल्लाको व्यास गाविस हो ।नेपाल र चीनको सीमा हो । यसैबाटो भएर मित्र राष्ट्रहरु भारत र चीनले आपसमा ब्यापारिक नाका खोल्ने सम्झौता गरेका छन् भन्ने खबर सार्वजनिक भएको छ । यो गएको जेठ १ गतेको कुरा हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्र्मणको बेला सम्पन्न भएको ४१ बुंदे सम्झौताको हुंदा नं. २८ मा उल्लेख छ भन्ने तथ्य प्रकाशमा आएकोछ । यो सम्झौता हुंदा दुबै देशले नेपाललाई बिर्से छन् । जुन देशको भू-भाग भएर ब्यापार गर्नु छ , उसैलाई बेवास्ता गरियो । यो पक्कै बल मिच्याइँ त हुंदै होइन । किन कि नेपाल सार्वभौंमसम्पन्न देश हो भनेर दुबैलाई राम्ररी हेक्का छ । अन्तर्राष्ट्रिय मान्यताले पनि यसो गर्न दिंदैन भन्ने । यो हड्बडमा छुट्न गएको, भूल हुन गएको मात्र हो जस्तो लाग्दछ । कहिले काँही विहेको निमन्त्रणा नजिकैको नातेदारलाई दिन भूलेझैं । यसर्थ मित्र राष्ट्र चीनले तुरन्तै सच्याउने छ भन्ने हामी विश्वास गरौं । भारतले पनि महसूस गर्ने नै छ । त्यो हुंदा नं. २८ सच्याएर नेपाललाई पनि सहभागी गराइ त्रि-पक्षीय ब्यापार सम्झौता हुनु नितान्त आवश्यक छ ।
नेपालले यसलाई गम्भीर चासोको विषय बनाइ कुटनीतिक माध्यमबाट उक्त बुंदाको सम्झौता सच्याउने तर्फ क़दम चाल्नुमा नै देशको हित हुनेछ ।”
९:४५ राति भंगेरीहरु रूखबाट उडेर चिरबीर- चिरबीर कराउन थाले। यो संकेत राम्रो छैन । कतै भूकम्प आउने त हैन ? भनेर कुरा चल्दै थियो । तर कौवा कराएको छैन भन्ने कुरा पनि भयो । यो वर्षायाम भरि के के होला खै ? टुरिष्टहरु पनि कतै आएका छैनन् ।तिनका देशहरुले उर्दी वै जारी गरेका छन् । यस्तै छलफल हुंदै थियो ।आधि घंटापछि भूकम्प गयो। झस्कायो सबैलाई ।४.५ रेक्टर स्केलको थियो ।
भंगेराले ३० मिनट पहिले नै थाहा पाउने रहेछ भन्ने ज्ञान भयो ।
It is about academic writing, travelogue, gajals, blog, stories & poems etc.