((११८) जनताका प्रतिक्रिया र सुझावहरु संविधानको मस्यौदामा समावेश गर्नसकेमात्र संविधान दीगो हुन्छ ।

शिक्षण जीवनका अनुभवहरु ( ११८ )

२०७२ साउन ५ गते  मंगलवार

जनताका प्रतिक्रिया र सुझावहरु संविधानको मस्यौदामा समावेश गर्नसकेमात्र संविधान दीगो हुन्छ ।

नेपालको संविधानको प्रारम्भिक मस्यौदा , २०७२ मा जनताको प्रतिक्रिया र सुझावहरु संकलन गर्न सभासद्हरु आ-आफ्ना निर्वाचन क्षेत्रमा पुगेर निर्देशित कार्य गर्ने क्रममा हुलहुज्जत, आक्रोश ,आक्रमण ,जुलूस ,मस्यौदा चात्नु र जलाउनु आदि हुन गएको संचार माध्यमले जनाउ दिइ रहेका छन् । यो केही हदसम्म स्वाभाविक पनि छ । अल्प समय प्रदान गरी द्रुत मार्गबाट संविधान जारी गरी हाल्ने आतुर मनसाय आफैमा त्रुटिपूर्ण छ ।तर पनि सकेसम्मको जनाकाँक्षा प्रतिनिधित्व हुने गरी संविधान जारी गर्नु नितान्त आवश्यक छ । प्राप्त राय सुझाहरुको अवमूल्यन हुंन गयो भने संविधानले पूर्णता पाउने छैन । संविधानमा अपरिवर्तनीय भनी कुनै कुरा राख्नु पनि हुंदैन । समय आफै परिवर्तनशील छ । यसलाई कस्ले पो बाँधेर राख्न सक्छ र ? पंचायतले पनि आफ्नो संविधानमा यस्तै चाहना राखेको थियो । तर परिवर्तन भयो । संविधान भनेको समय परिस्थिति र जन आकाँक्षा र चाहना मुताबिक समय समयमा परिवर्तन, संशोधन हुंदै परिपक्वता ग्रहण गर्ने दस्तावेज हो । यो तथ्यलाई दल र तिनका नेताहरूले हृदयंगम गर्नै पर्दछ ।

(११७) संविधानको प्रारम्भिक मस्यौदामा मैले निम्न प्रतिक्रिया र सुझावहरु वेव साइट मार्फत पठाएको छु ।

शिक्षण जीवनका अनुभवहरु ( ११७ )

२०७२ साउन ४ गते  सोमवार

संविधानको प्रारम्भिक मस्यौदामा मैले निम्न प्रतिक्रिया र सुझावहरु वेव साइट मार्फत पठाएको छु ।

( १ ) यस प्रस्तावनाको ” सामन्ती,निरंकुश,केन्द्रीकृत ,एकात्मक र ” शब्दहरुको स्थानमा।”पूर्व” शब्द मात्र राखेर आलोच्य वाक्यांश हटाउन उपयुक्त हुन्छ ।

( २ ) भाग ५ धारा ६० को उप-धारा ३ मा उल्लेख भएको “आठ” प्रदेशको स्थानमा “पाँच”
प्रदेश मात्र उल्लेख गर्ने । सीमाँकन र नामाँकनकोनिमित्त हालको पाँच विकास क्षेत्र नै प्रयोगमा ल्याउन सकिन्छ । यसलेगर्दा देशले आर्थिक भार पनि बहन गर्न सक्नेछ । यो सीमाँकन र नामाँकन भौगोलिक रुपमा सबैलाई मान्य हुनेछ ।

(११६) नेपालमा प्राविधिक शिक्षा महंगो छ ।

शिक्षण जीवनका अनुभवहरु ( ११६ )

२०७२ साउन ३ गते  आइतवार

नेपालमा प्राविधिक शिक्षा महंगो छ ।
 
सरकारी क्षेत्रका र निजी क्षेत्रका विद्यालयहरुले गुणात्मक प्राविधिक शिक्षा ( इन्जीनियरिंग, मेडिकल, कम्प्यूटिंग,वन अध्ययन ,मेकानिकल आदि ।)  अध्यापन गराएको हुंनाले नेपाली विद्यार्थी विदेश पलायन हदैसम्म रोकियो । ठूला प्रतिष्ठानहरु पनि स्थापित हुन थाल्यो । विदेशी विद्यार्थी पनि केही मेडिकल विषय अध्ययन गर्न नेपाल आउन थाल्यो । अन्तराष्ट्रीय शिक्षालयहरुले पनि सम्बन्धन देखाइ / लिइ संचालन हुन थाल्यो ।राम्रै जनशक्ति उत्पादन भयो । तर यी शिक्षालयहरु चर्को महंगो सावित हुन गए । त्यसको फलस्वरूप नेपाली युवायुवति भारतका विभिन्न शिक्षालयहरुमा अध्ययन गर्न जाने क्रम फेरि बढ्न थाल्यो । भारतीय विश्वविद्यालयका संचालनकर्ताहरु राजधानी र अन्य शहरहरुमा ” शिक्षा मेला ” आयोजना गरी तत् तत् स्थानमा भर्ना गरेर लैजान थालेको छ । जथाभावी मेला आयोजना गर्ने काम कसैले नियन्त्रण र निगरानी गर्न सकेन ।

(११५) शिक्षाले माछा मात्र खाने होइन, माछा मार्ग पनि सिकावस् ।

शिक्षण जीवनका अनुभवहरु ( ११५ )

२०७२ साउन २ गते शनिवार

शिक्षाले माछा मात्र खाने होइन, माछा मार्ग पनि सिकावस् ।

लामो समयसम्म हाम्रो शिक्षा पद्धतिले हामीलाई माछा खान मात्र सिकायो । माछा मार्ने सीप सिकाएन ।
भन्नुको माने के हो भने हाम्रो शिक्षा प्रणालीले नोकरी खान सिकायो ।यो लर्ड मेकालेले भारतमा क्लर्क उत्पादन गर्न लागू गरेको शिक्षा नै नेपालले पनि अनुसरण गर्यो । नोकर बनायो हामीलाई यो शिक्षाले । प्रमाण-पत्र बोकेर जागीर खोज्न कार्यालय-कार्यालय धाउनु पर्ने गरायो । परामुखापेक्षी बनायो । त्यो शिक्षाले हामीलाई स्वावलम्बी बनाएन। आत्मनिर्भर बनाएन। प्राविधिक र व्यावसायिक शिक्षामा पछि पार्यो ।यसको कारणले गर्दा चालिसको दशकसम्म देशको अर्थतन्त्रले गती लिन सकेन ।

प्रजातन्त्रपछि देशले उदार अर्थतन्त्रको नीति अपनायो । नीजी क्षेत्रको लगानीमा प्राविधिक शिक्षालयहरु संचालन हुंन थाल्यो । सरकारी क्षेत्रका शिक्षालयहरुले पनि प्रतिस्पर्धा गर्न थाल्यो । ( क्रमश: )