विक्रम शम्बत २०२७ मा म पहिलो पटक शिक्षक पदमा नियुक्ति भएं । विद्यालय थियो बुटवलको नि:शल्क अनिवार्य प्राथमिक पाठशाला संख्या नं. १ ( हालको कालिका माध्यमिक विद्यालय ) । तत्कालिन बुटवल -खस्यौली नगर पंचायतले ५ वटा नि:शुल्क प्राथमिक विद्यालयहरु संचालन गरेको थियो । यो कार्यक्रम नेपाल अधिकाज्यमा नै पहिलो नमूना थियो । मैले ३ ,४ र ५ कक्षालाई अंग्रेजी र विज्ञान पढाउने ज़िम्मेवारी पाएँ । पहिलो दिन पहिलो कक्षा ४ लाई पढ़ाएँ ।छात्राको संख्या कम र छात्राको संख्या धेरै । ४० – ४५ मिनट समय वितेको पत्तो नै भएन । पहिलो दिनमै विद्यार्थीहरुसंग घुलमिल भएँ । तर त्यसबेला शिक्षक र विद्यार्थीको दूरी लामो थियो । शिक्षक भनेपछि विद्यारथीहरु डराउँथे,टाढै बस्थे । शिक्षकले प्रश्न गर्दा उनीहरु जवाफ दिन पनि हिचकिचाउँथे । मौन रहन्थ्यो, कक्षाको वातावरण ।
शिक्षण र सिकाइ तन,मन र मस्तिष्को एकाग्रचित्त अवस्थामा मात्र प्रभावकारी हुंनसक्छ । शिक्षकले मनयोगका साथ पढाउनु पर्छ ।बिद्यार्थीले तन,मन र मष्तिष्क लगाएर पढ्नु पर्छ । आजकाल दुबैको अवस्था नाज़ुक छ । विद्यार्थी ” Teacher friendly” छैनन् । शिक्षक एक हदसम्म ” Student friendly” भने छन् ।एस.एल.सी.मा धेरै प्रतिशत अनुत्तीर्ण हुने रहस्य मनयोगकासाथ अध्ययन नगर्नु नै हो ।
अध्यात्म प्रवचनहरूमा सन्त,महन्त र महिषीहरु भन्छन् –
आत्मालाई प्रकाश प्यारो हुन्छ । मनलाई अंध्यारो प्यारो हुन्छ । सामाजिक कार्य कुनै आत्माको खुसीकोलागि गर्नु पर्दछ । परमात्मा मेरो नजिकै उपस्थित छन् । मनको खुसी भन्दा आत्माको खुसीकोलागि काम गर्नु पर्दछ । गरें । त्यही गरें । मलाई यस्तै जुर्न आयो । आत्मा दीर्घकालीन उपलब्धि चाहन्छ । मन क्षणिक सुख खोज्दछ । हाम्रो शरीरमा आत्मा र मनको बीच द्वन्द भई रहन्छ ।यो द्वन्द आत्माले नै जितेको राम्रो हुन्छ । मलाई पनि त्यस्तै लाग्यो । आत्माको आदेश अनुसार सामाजिक लाभकोलागि काम गरें । भौतिक लाभकोलागि गरिन । चार दशक भन्दा लामो समय शिक्षण क्षेत्रमा अर्पण गरें । त्यसमा पेसाको गन्ध भन्दा सेवाको भाव बढी थियो ।
शिक्षक नेताहरूले शिक्षकको गरिमा बढाउने अवसर पठाउँदा पनि अवसरवादको लाभ पाए वा लिए !
शिक्षकका दीर्घकालीन हित हुने हक अधिकार स्थापित गराउन शिक्षक नेताज्यूहरु ठाउँ-ठाउँमा चुके । शिक्षक बढुवा र श्रेणी निर्धारण गर्दा माध्यमिक शिक्षकको बढुवा प्रथम श्रेणीसम्म मात्र हुने गरी संशोधित शिक्षा एेन ,नियम स्वीकार गरे । निजामती कर्मचारी विशिष्ट श्रेणी ( सचिव / मुख्य सचिव ) सम्म बढुवा भई नीति निर्माणको दायित्व वहन गर्न पाउँछन् । उनीहरुको सेवा सुविधा पनि विशेष प्रकारका हुन्छ ।तर शिक्षक भने विशिष्टसम्म पुग्ने प्रावधान नै छैन । उपल्लो दर्जाको शैक्षिक योग्यता भएका, तालिम प्राप्त , दीर्घ अनुभव संगालेका सक्षम प्रथम श्रेणीमा शिक्षक ९ / १० वर्षसम्म शिक्षण गरी सेवानिवृत्त हुंन बाध्य भएका छन् । यो अति नै खेद जनक अवस्था रहेकोछ । गुरू वर्गले पढाएका शिष्य भने विशिष्ट श्रेणीमा बढुवा हुन पाउने, गुरू भने हावा खाएर बस्न बाध्य । लालफ़ीताशाहीहरूले शिक्षकलाई सधैं आफु भन्दा मुनि नै राखेर शासन गर्ने अभीष्ट पूरा गरे । शिक्षकका नेताहरू सधैं नोकरशाही प्रशासनको चम्चे भएर फुलेल भए । उनीहरू हीनताबोधको शिकार भए वा उनीहरू स्वयंमा उच्च पदमा पुगेर सेवा गर्ने क्षमताले कमी थियो । शिक्षक नेताहरूले शिक्षकको गरिमा बढाउने अवसर पठाउँदा पनि अवसरवादको लाभ पाए वा लिए !
It is about academic writing, travelogue, gajals, blog, stories & poems etc.