( १६५ ) १२ वर्षे गोदावरी सिंह अस्त मेला 

( १६५ ) १२ वर्षे गोदावरी सिंह अस्त मेला 

दैनिक जीवनका अनुभवहरु 
२०७२ साल भाद्र २२ गते मंगलवार

गोदावरी ललितपुर जिल्लामा पर्दछ । यो काठमाडौँबाट अन्दाजी १४ /१५ किलोमीटर दक्षिण -पूर्वी भागमा पर्दछ ।समुन्द्री सतहबाट ५००० फिट उँचाईमा रहेकोछ । मौसम विज्ञानको भाषामा यसलाई काठमाडौँ उपत्यकाको ” चेरापूंजी” भनिन्छ । छिनछिनमा पानी पर्ने ठाउँ । आज त हामी त्यहाँ रहंदासम्म पानी परेन । छिनछिनमा बदली भयो ।
गोदावरी पौराणिककालदेखि स्थापित एक तीर्थ स्थल रहेछ । प्रत्येक १२ वर्षमा सिंह राशीमा वृहस्पति र सूर्य एकै स्थानमा भाद्र महिनामा पर्न आउँदा  यहाँ १२ / १२ बर्षमा मेला लाग्ने परम्परा रहेछ । गोदावरी भन्ने बत्तिकै एक पवित्र गंगा / नदीको नाम, एक सुन्दर फूलको नाम भन्ने बुझिन्छ । अनेकौं वर्ष पहिले एक जना बहादुर पुरी नाम गरेका सिद्ध योगी बस्दथे । उनी आफ्नो योगवलद्वारा आकाशमार्ग भई भारतको गोदावरी तीर्थमा नित्य गंगा स्नान गर्न जान्थे । एक दिन सपनामा गोदावरी गंगाले उनलाई भनिन्,” अब तिमी यती टाढा स्नान गर्न आउनु पर्दैन , म तिमी बस्ने स्थानमा नै प्रकट हुनेछु, त्यही स्नान गर्नु ।” योगीले कसरी विश्वास गर्ने भनी प्रश्न गरे । गंगाले भनिन् , ” तिम्रो कमण्डलु,माला, खराऊ,चिम्ता,झोली आदि गंगामा विसर्जन गर्नु । प्रमाण स्वरुप पहिला तिम्रा सामान आउने छन् र पछिबाट म प्रकट हुनेछु ।” यस्तै भएछ । त्यसै समयदेखि गोदावरी मेला पर्व शुरु भयो भन्ने कथन रृषभदेव घिमिरेलाई आफ्नो ” गोदावरी संक्षिप्त परिचय,२०७२” भन्ने पुस्तिकामा लेख्नु भएको छ ।

गोदावरी एक  प्राकृतिक सम्पदा हो । प्रकृतिको खुल्ला संग्रहालय हो । देशको एक मात्र बोटानिकल गार्डन यहीं नै छ । यो एक धार्मिक स्थल हो ।एक सांस्कृतिक सम्पदा हो । यहाँ जैविक विविधता छ ।एक पर्यटक स्थल हो । यहाँको हावा, पानी र वातावरणमा आफूलाई हराइ दिन्छन्, पर्यटकहरु । 

म २०४८ मा एक्लै,२०६० मा सपत्नी र २०७२ मा सपरिवार  लगातार मेला भर्न आएं ।तेस्रो पटक कुण्डमा नुहाउने अवसर मिलेन । भीड्मभीडले गर्दा ।जनसागर ओइरिएको ओइरिएकै छ ।एक महिना सम्म मेला लाग्छ । एकातिर यस्तो अवस्था छ भने संविधान निर्माताहरुले देशलाई ” धर्मनिरपेक्ष” घोषणा गर्न लागी परेकाछन् । केही नेतागण भन्छन् – राज्यको कुनै धर्म हुंदैन । तर सनातनदेखि चली आएको धर्मको संरक्षण पनि त हुनु पर्दछ ।
रमाइलो छ गोदावरी मेला । युवायुवतिको अचाक्ली भीड थियो । फेसन परेड जस्तो पनि देखें । बृद्धबृद्धा थोरै देखिन्छन् । खाजा खाना पसलहरु प्रसस्तै रहेका । इलेक्ट्रिक रोटे पींगमा जोड़ीका जोडी फनफनी घुमेका ।सुरक्षाको विशेष प्रबन्ध थियो नै । स्थानीय उत्पादन भटमास,मासको दाल, बोडी,केराउ , अकबरे खुर्सानी, थ-थरीको अचार,खुवा, काँक्रो सबै लोभलाग्दो । किनौ- किनौ लाग्ने । किनी छाडे एक हजार जतिको ।

रमाइलो मान्यौं, हामी सबैले । थकान भने मज्जाले लाग्यो । हाइ गोदावरी ! बाइ गोदावरी ।

( १६४ ) एकै घाटमा दुई शेरले संगै पानी पिउँदैनन् ।

( १६४ ) एकै घाटमा दुई शेरले संगै पानी पिउँदैनन् ।
            शिक्षण जीवनका अनुभवहरु 
           २०७२ भाद्र २१ गते सोमवार

घंटी लागेपछि चक, डष्टर र किताब लिएर अफिस गएं । टेबुलमाथि राखें । बाहिर गएं । बाहिर अवलोकनकर्ताहरु बसिरहेका थिए । एक जनाले भने, ” सर, १८ / २० वर्ष शिक्षण गरेका शिक्षकको पूरै कक्षा अवलोकन गर्नु आवश्यक ठानेनौं, हामीले । अरु प्रतियोगीहरु पनि छन् । एक हप्तापछि रिजल्ट दिने छौं, धन्यवाद ” ,  एक मोटो ,रौं सेतो देखिने, चाक्लो अनुहार भएका ब्यक्तिले  भने ।” सबैलाई ” नमस्कार ” गरी म सिनामंगल चौकतिर लागें । केही किनमेल गर्दै थिएं ।त्यसैबेला कक्षा शिक्षणपछि बोल्ने ब्यक्ति भेट भए । उनले आफूलाई विसंसको अध्यक्ष भएको परिचय दिए । हात मिलाए । 
” मेरो एउटा प्रस्ताव छ । अर्का एक जना योग्य मित्र पनि हुनु हुन्छ । विद्यालय दुई शिफ्ट संचालन हुन्छ । तपाई भिजिटिंग टिचर भएर दिउँसोको शिफ्टको प्र. अ. भई संचालन गर्नुस् । निजले विहानको मा.वि. शिफ्ट संचालन गर्छन् । मिलेर काम गरौं ।”

” सर, यो भिजिटिंग टिचर भन्ने विद्यालय स्तरमा प्रचलित छैन । विश्वविद्यालयमा भिजिटिंग प्रोफेसर हुन्छ । एक विद्यालयमा दुई प्रअ रहनु भनेको विवादास्पद विषय हो । एकै घाटमा दुई शेरले संगै पानी पिउँदैनन् ।”

खिस्स हाँसेर “सी यू” भन्दै बाइक कुदाउंदै गए, अध्यक्ष । ( क्रमश:..)

( १६३ ) त्यतिकैमा अवलोकनकर्ताहरु ह्वारह्वारती कक्षाबाट बाहिरिए । मेरो शान्त कक्षा बिथोलियो ।

( १६३ ) त्यतिकैमा अवलोकनकर्ताहरु ह्वारह्वारती कक्षाबाट बाहिरिए । मेरो शान्त कक्षा बिथोलियो ।

शिक्षण जीवनका अनुभवहरु 
२०७२ भाद्र २० गते आइतवार

अन्तर्वार्ता सहजै सम्पन्न भयो । विद्यालय संचालनमा दिनहुं आउने समस्याहरुबारे तार्किक ढंगले प्रस्तुत हुनु मेरोनिम्ति नौलो कुरा थिएन । अन्तर्वार्ता बोर्डलाई चित्त बुझ्यौ रै’छ । दोस्रो चरणको परीक्षा – कक्षा शिक्षणकोलादि छनौट भएको खबर भोलि पल्ट पाएँ । निर्धारित समयमा पुगें । ११ बजेको समय थियो- दोस्रो पिरियड । कक्षा ९ मा अंग्रेजी विषयमा रहेको “Fables of Aesop”पाठ पढाउने निर्देश भयो । केही अवलोकनकर्ता  कक्षा पछाडि बस्न गए, केही अगाडिको बेन्चमा विद्यार्थीसंगै बसे । अंग्रेजीमा अभिवादन गरे लगत्तै पाठ पढाउन थालें । कक्षा शान्त र नियन्त्रित थियो । पहिलो पंक्ति पढाइ विद्यार्थीहरुसंग प्रश्नोत्तर शुरु गरें । त्यतिकैमा अवलोकनकर्ताहरु ह्वारह्वारती कक्षाबाट बाहिरिए । मेरो शान्त कक्षा बिथोलियो । नरमाइलो लाग्यो ।पाँचै मिनटमा मेरो मूल्याँकन गरे छन् भन्ने लाग्यो । शिक्षणको sequence ( सिलसिलेवार ) नै नहेरी गए, अवलोकनकर्ताहरु । मैले आफ्नो कर्तव्य निर्वाह गर्नु थियो । पूरै समय पढ़ाएँ । कक्षा कार्य समेत दिएँ । ( क्रमश:….)

( १६० ) समस्याग्रस्त शिक्षकलाई कसरी तह लगाउने ?

( १६० ) समस्याग्रस्त शिक्षकलाई कसरी तह लगाउने ?

      शिक्षण जीवनका अनुभवहरु
           
      २०७२ साल भाद्र १६ गते बुधवार

२०४७ साल चैत । गुह्येश्वरी मा.वि. सिनामंगले गोरखापत्रमा “प्रधानाध्यापकको आवश्यक्ता”को विज्ञापन प्रकाशित गर्यो । मैले बुटवलबाट दरखास्त रजिष्ट्री गरी पठाएको थिएं । सम्पर्क मितिमा उपस्थिति भएं ।छनौट प्रक्रिया अन्तर्वार्ता र कक्षा शिक्षण राखिएको ज्ञात भयो । 

अन्तर्वार्ताको दिन भएको प्रश्नोत्तर –
प्रश्नकर्ता १- किन काठमाडौंमा प्र.अ. हुंन चाहनु भएको ? “पीएचडि गर्ने प्लेट फर्म पाउने अाशाले ।”
                 यो पद अस्थायी नि ? ” म स्थायी प्रअ हुँ । सरुवा गरेर आउँछु ।”
प्रश्नकर्ता २- समस्याग्रस्त शिक्षकलाई कसरी तह लगाउने ? 
                 ” शिक्षक कर्मचारीलाई मनोवैज्ञानिक र प्रशासनिक तौरतरिकाले तह लगाउन सकिन्छ । प्रथमत: निजलाई उस्ले गरेको गल्ती, लापरवाहीको नतिजाले विद्यालयलाई असर पारेको उदाहरण दिई सुध्रन समय सीमा तोक्ने । अनुगमन जारी राख्ने । आवश्यक परे दोस्रो पटक लिखित स्पष्टीकरण सोधी सचेत गराउने । सुधार नआए, अटेर गरे ,निजलाई नै बदल्ने अर्थात बर्खास्त गर्ने गरी संचालक समितिमा निर्णय लिने ।” ( क्रमश:)

( १६१ ) स्तरीय पढाइले विद्यालयको आर्थिक स्तरमा सुधार हुन्छ ।

( १६१ ) स्तरीय पढाइले विद्यालयको आर्थिक स्तरमा सुधार हुन्छ ।
          शिक्षण जीवनका अनुभवहरु 

                   प्रश्नकर्ता ३- ” विद्यालयको आर्थिक स्थिति कसरी सुदृढ पार्न सकिन्छ ?”
                    ” Quality education ( गुणात्मक शिक्षा ), योग्य,अनुभवी,तालिम प्राप्त अध्ययनशील र परिश्रमी  शिक्षकहरुको “Team Work”। त्यो टीमलाई प्रोत्साहन प्रदान गर्ने विद्यालय संचालक समिति ।यो अवस्थामा स्तरीय पठनपाठन हुन्छ । यस्तो पढाइ हुंने विद्यालयमा हुनेखानेहरुले आफ्ना सन्तति भर्ना गर्न ल्याउँछन् ।हुंदा खानेहरुले पनि गाँस काटेर नानीहरु भर्ना गर्न ल्याउँछन् । केही शल्क बृद्धि गरे पनि खुसीराजीले तिर्छन्, अभिभावकहरु ।”
प्रश्नकर्ता ४- अन्य केही उपाय पनि छन् कि, सर ?
                 ” छन्, हजुर । विद्यालयको सडक मोहडामा जग्गा, ज़मीन भए कवाल / पसल / सटर निर्माण गरी भाडामा लगाउने । यसबाट स्थायी आमदानी भई रहन्छ । स्थानीय सरकार – नगर पालिका / जिल्ला विकास समिति / NGO /  INGO संग आवधिक योजना देखाइ अनुदान माग गर्न प्रक्रिया चलाउने ।स्थानीय दाताहरुसंग अनुरोध गर्ने । भागवत महापुराणको आयोजना गरी दान संकलन गर्ने । संकलित रकम पूर्ण सदुपयोग गर्न सकियो भने नपुग रकम समेत माग गर्न मिल्छ ।” ( क्रमश: )…

                  

(१५९ ) हुह्येश्वरी मा.वि.मा आगो बले जस्तै थियो,२०४७ / २०४८ मा   

(१५९ ) हुह्येश्वरी मा.वि.मा आगो बले जस्तै थियो,२०४७ / २०४८ मा
  
      शिक्षण जीवनका अनुभवहरु
   
      २०७२ साल भाद्र १५ गते मंगलवार
२०४६ / २०४७ सालमा प्रजातन्त्र पुनर्वहालीकोलागि देशै भरि आन्दोलन चरम उत्कर्षमा पुगेको थियो ।नेताहरुले विद्यार्थी र शिक्षकहरुलाई पनि परिचालन गरेको थियो । शिक्षकले ढुंगा हान्थे  । विद्यार्थीलाई पनि हान्न लगाउँथे ।
शिक्षक-विद्यार्थीहरु दुबै प्रजातन्त्रका संवाहक थिए । केही अन्तराल पछि त्यो परिदृश्य विद्यालयहरुको कक्षा कोठामा पनि देखियो । सा-सानो कुरामा विद्यार्थीहरु शिक्षकहरुसंग कडा प्रतिवाद गर्दै भनाभन र पाखुरा सुर्का सुर्कि समेत हुन्थ्यो । यो अवस्थाबाट गुह्येश्वरी पनि अलग थिएन । २०४७ चैतमा म प्र.अ.मा छानिंदा मेरा सामु यस्तै चुनौतिहरु सामना गर्नु पर्ने थियो। यत्ति मात्रले  कहाँ पुग्थ्यो र ? त्यहाँ शिक्षक र संचालक समिति वीच तनाव थियो । संचालक समितिका सदस्यहरु वीच पनि वैमनस्यता थियो । शिक्षा प्रशासन कार्यालयहरु पनि विद्यालय प्रति विश्वस्त थिएनन् ।अभिभावकहरुको विद्यालय प्रति दरिलो विश्वास एवं सहयोग थिएन । यी सबै परिस्थिति सम्हालेर विद्यालयको नयाँ भवन निर्माण कार्य सम्पन्न गर्ने दायित्व वहन गर्नु थियो । ( क्रमश: )

( १५८ ) तराई शान्त पारौं ।एकता र  सद्भावले देशको अखण्डता जोगाऔं 

( १५८ ) तराई शान्त पारौं ।एकता र  सद्भावले देशको अखण्डता जोगाऔं 
      शिक्षण जीवनका अनुभवहरु
       
      २०७२ साल भाद्र १४ गते सोमवार
  
सीमाँकनको मुद्दा लिएर तराई आन्दोलित हुंदा कैलालीको टीकापुरमा राष्ट्रसेवकहरुले ज्यान गुमाउनु पर्यो । कैलालीमा लागेको आगो तराईको अन्य जिल्लाहरुमा सल्केको सल्केकै छ । रक्षाबन्धन पछि पनि आन्दोलन चर्कियो । वीरगंजमा गोली चल्यो । प्रहरीको गोली लागी एक जनताको ज्यान गयो र ८ जना घाइतेको उपचार हुंदै गरेको समाचार छ । रूपन्देहीमा संघीय मधेसी मोर्चा गठन भएको छ । भारतीय गृह मन्त्री राजनाथ सिंहसे नेपालको आन्तरिक मामला भए पनि यहाँ बसोबास गर्ने भारतीय नागरिकको सुरक्षा गर्ने अभिव्यक्ति दिएका छन् । निषेधाज्ञा तोड्ने ,मुठभेड़ , आगजनीका घटना दिनै  जसो घटित छन् । आर्थिक गतिविधि शुन्य छ । शान्ति सुरक्षा कायम गर्न नेपाली सेना परिचालित छ ।यो नेपाली मात्रको आशा र भरोसाका केन्द्र हो । 

यो अवस्थामा देश हाँक्ने नेतागण र प्रशासन यन्त्र संचालन गर्ने उच्च पदस्त कर्मचारीहरुले बुद्धि,विवेक र अन्तर आत्माको आवाज सुनेर समस्या समाधान गर्न पहल गर्नु पर्दछ । एक कदम पछाडि हट्नु परे पनि आगामी कदम सफलतापूर्वक चाल्न सकिने दृढता राख्नु पर्यो । देश अक्षुण्य रहोस् , यही नेपाली मात्रको मनोकामना हुनु पर्दछ । 

( 157 ) Sa Paru / Gai Jatra

( 157 ) Sa Paru / Gai Jatra

Experiences of Teaching Life

2072 Bhadra 13 Sunday

Sa Paru.” Sa Paru is a colloquialword of Nepal Bhasha, language spoken by Newar Community. “Sa” denotes ‘cow’, and “Paru”, means ‘jatra’ or ‘procession’. In English, the word means ‘cow festival,’ a carnival.  It is marked to pave pathway for the departed soul to the heaven. It is believed that Yamaraj, God of Death, opens the gate of heaven once a year- on Gaijatra. If someone passes away on this very day, they enter into the heaven on this same day; they need not wait for a long time. It falls in August-September, a day after Janai Purnima. The festival commemorates the death of people during the span of a year. Gaijatra came into existence from18th century. The Malla King of Kantipur, Pratap Malla initiated it.

Once King Pratap Malla’s son died. The queen remained dumbstruck. So the King wanted to see little smile on the lips of his sweetheart. He did all efforts to lessen the grief, but in vain. Then he announced publicly that someone who ever made the queen laugh would be rewarded adequately. People brought colorful processions, presented 

stage dramas full of humors and satires. They began ridiculing and befooling the prominent personalities of the society. It evoked laughter. The queen could not stop laughing. Hence, her grief lessened. From that very time, the King ensued a tradition of including jokes, satires, mockery and lampoon in the Gai Jatra days.

The Newar community with positive self-identity celebrates this festival in the Kathmandu valley and outside the valley such as Tansen, Baglung, Pokhara, Butwal, Dhanakutta, and Banepa where there is strong presence of Newars. 

A cow is adorned with red teeka, clothes, a crown and garlands. She is fed with good food. The cow is pulled along the route of the procession. In absence of a cow, a young boy dressed as a cow is considered a fair substitute. “The gai or cow is holy to Hindus. She represents Laxmi, the goddess of wealth, and guides the souls of the departed to the gates of the Netherworld. According to Hinduism, “Whatever a man does in his life is a preparation to lead a good life, after death.

( १५६ ) रोडा र सीमेन्ट गायब भयो । ट्र्क चालकलाई कारबाई गरेर असुल गरियो ।

(१५६ ) रोडा र सीमेन्ट गायब भयो । ट्र्क चालकलाई कारबाई गरेर असुल गरियो ।

शिक्षण जीवनका अनुभवहरु

२०७२ भाद्र १२ गते शनिवार

संचालक समितिका २ / ३ जना सदस्यहरु ढोंगी, झुट्ठा र डबल स्टेण्डर्ड थिए । एक जनालाई गोदावरी मार्वल इडष्ट्रिजका बोर्ड अफ डाइरेक्टर भनेर चिनाइयो । तर उनी एक सरकारी स्वामित्वमा संचालित संचार गृहका सामान्य  कर्मचारी रहेछन् । उनी तार्किक र बौद्धिक पनि थिए ।तर उनी दबावमा काम गर्ने प्रकृतिको थिए । एक पटक कंपनीले ३ /४ ट्रक रोडा विद्यालय हातामा नखसाली अन्यत्र डेलिभरी दियो । पछि चलानी स्टक चेक गर्दा सत्य फेला पर्यो । कंपनीले उक्त रोडा शोध भर्ना गर्यो । आफूलाई तथाकथित डायरेक्टर भनेर चिनारी गराउने निज महानुभाव भने रोडा असुली कार्यवाहीमा हामीलाई कहिल्यै साथ दिएनन् ।

चोभारको हिमाल सीमेन्ट कारखानामा अग्रिम बुकिंग गरिएको थियो । विद्यालयले औपचारिक अर्डर नै नगरेको अवस्थामा २०० बोरा सीमेन्ट  चलान भएर गयो । केही समय पछि विद्यालयलाई सीमेन्ट आवश्यक भै लिन जाँदा कारखानाका कर्मचारीहरु आ-आपसमा मुखामुख गरी ” हामीले शंका गरेझैं भयो” भनी भन्न थाले । सीमेन्ट ओसारिएको ट्रक एक जना राणा थर भएका ब्यक्तिको भएको पत्ता लाग्यो । कोटेश्वर प्रहरी चौकीमा उजुरी गरेपछि उनले एक सातामा शोधभर्ना गर्ने  कागज गरी दिए । निजले भाका भन्दा पहिले नै शोधभर्ना गरे । सीमेन्ट गायब गर्नमा एक जना महिला शिक्षक, एकाउन्टेन्ट र एक जना सदस्यको मिलिभगत भएको तथ्य पत्ता लाग्यो । एकाउन्टेन्ट र निज शिक्षकसंग स्पष्टीकरण सोध्ने कार्यवाही गरियो । सीमेन्ट र पहिलेको रोडा एकै ठाउँमा खसालिएको रहेछ । विद्यालयको निर्माण सामग्रीमा गिद्धे दृष्टि राख्नेदेखि सतर्क रही काम गर्दै गएं ।मेरो विरोधीको संख्या थपिंदै गयो । निर्माण कार्यमा बाधाबिरोध चुलिंदै गयो ।सकारात्मक सहयोग दिने खेमाको साथ लिंदै  चुनौति स्वीकार गर्दै अघि बढ्दै गएं । ( क्रमश: )

(१५५)  सुन जस्तो सालको काठ साटेर लाभ लिन खोज्ने जिल्ल पर्यो ।

(१५५)  सुन जस्तो सालको काठ साटेर लाभ लिन खोज्ने जिल्ल पर्यो ।

शिक्षण जीवनका अनुभवहरु 

२०७२ भाद्र ११ गते शुक्रवार 

२०४८ सालमा भएको आम निर्वाचनमा नेपाली काँग्रेसको सरकार बन्यो । गुह्येश्वरी माविलाई २०० क्युविक फिट काठ निकासा दिने निर्णय भयो । टिम्बर कर्पोरेसन ललितपुरबाट काठ निकासा भयो । स्थानीय एक मिलमा चिरान गरियो । त्यो काठ जस्तै लाग्दैन थियो । त्यो सुन चिराएको जस्तो भान पर्थ्यो । वि. सं. स. संरक्षक समेतको रोहबरमा विद्यालयमा ढुवानी गर्ने क्रममा एक जनाले -याल चुहाउँदै प्रस्ताव राखे ,”यो काठ दामी छ , यस्लाई मिलमा साटेर अर्को लैजाऔं । हामीलाई दुख गरेको केही चाहिन्छ ।” एकले अर्काको मुख हेर्यौं । संरक्षकले भने, ” निकृष्ट ।” लाभ लिन खोज्ने जिल्ल पर्यो । मुख कालो भयो ।

बाँकी भएका काठ चिरान गरी विद्यालय ल्याउन मिलमा दुई जना, बाटोमा दुई जना र ट्रकमा पनि दुई जनाले पहरा दिंदै चार दिन लगाएर काठ सही सलामत विद्यालयमा ओसार्यौं ।त्यो काठमा घपला गर्ने इच्छा राख्ने सदस्य हामीलाई सघाउन आएनन् ।(  क्रमश:…)