शिक्षाले माछा मात्र खाने होइन, माछा मार्ग पनि सिकावस् ।
लामो समयसम्म हाम्रो शिक्षा पद्धतिले हामीलाई माछा खान मात्र सिकायो । माछा मार्ने सीप सिकाएन ।
भन्नुको माने के हो भने हाम्रो शिक्षा प्रणालीले नोकरी खान सिकायो ।यो लर्ड मेकालेले भारतमा क्लर्क उत्पादन गर्न लागू गरेको शिक्षा नै नेपालले पनि अनुसरण गर्यो । नोकर बनायो हामीलाई यो शिक्षाले । प्रमाण-पत्र बोकेर जागीर खोज्न कार्यालय-कार्यालय धाउनु पर्ने गरायो । परामुखापेक्षी बनायो । त्यो शिक्षाले हामीलाई स्वावलम्बी बनाएन। आत्मनिर्भर बनाएन। प्राविधिक र व्यावसायिक शिक्षामा पछि पार्यो ।यसको कारणले गर्दा चालिसको दशकसम्म देशको अर्थतन्त्रले गती लिन सकेन ।
प्रजातन्त्रपछि देशले उदार अर्थतन्त्रको नीति अपनायो । नीजी क्षेत्रको लगानीमा प्राविधिक शिक्षालयहरु संचालन हुंन थाल्यो । सरकारी क्षेत्रका शिक्षालयहरुले पनि प्रतिस्पर्धा गर्न थाल्यो । ( क्रमश: )
अर्धवार्षिक र वार्षिक ेपरीक्षाको उत्तरपुस्तिका विद्यालयमा नै परीक्षण गर्ने चलन थियो ।
२०२० को दशकमा बुटवल नगर पंचायतले संचालन गरेको ५ वटा नि:शुल्क अनिवार्य प्राथमिक पाठशालाहरुमा पठनपाठन चुष्ट हुन्थ्यो । सुपरीवेक्षण कडाइका साथ हुनुको परिणाम थियो त्यो । अर्धवार्षिक र वार्षिक परीक्षाको उत्तरपुस्तिका विद्यालयमा नै परीक्षण गर्ने चलन थियो । वस्तुगत र विषयगत प्रश्नहरु निर्माण गरिन्थ्यो ।(क्रमश: )
केहीले बल खुबै खेलाउँथे । केहीले एक किक पनि हान्न पाउँदैनथे ।
२०२७ / २०२८ सालतिर खाली पिरियडमा विद्यार्थीहरूलाई भुलाउने माध्यम क्यारेम बोर्ड , लूडो, स्किपिंग, कबड्डी र फुटबल आदि साधन प्रयोग हुन्थ्यो । यस बाहेकको अर्को साधन ” अन्ताछडी” थियो । अन्ताछडी खेलाउँदा सबैले रमाइलो माने पनि हल्ला बढी हुने गर्थ्यो । संगैको कक्षालाई बाधा हुन्थ्यो । यसर्थ खुल्ला चौरमा फुटबल खेलाउँथें ।रेफरी स्वयं बन्थें । संख्या र नियमको मतलब गरिन्नथ्यो । एउटा बल दिए पछि कक्षाका सबै मैदानमा दौडन्थे । केहीले बल खुबै खेलाउँथे । केहीले एक किक पनि हान्न पाउँदैनथे ।यस्तै खेलमा विद्यार्थी रमाउँथे । खाली घंटीमा विद्यार्थी कन्ट्रोल सजिलै हुन्थ्यो ।
प्राथमिक कक्षामा अंग्रेजी पढाउनु सजिलो कुरा थिएन । Capital and Small alphabets , Simple words,Sentence formation आदि साना कक्षालाई पढाइन्थ्यो । कक्षा ४-५ लाई सामान्य पुस्तक हुन्थ्यो ।
Translation र Story पनि पढाइन्थ्यो । विद्यार्थीहरूलाई story को अनुवाद गरेर पढाउँदा बडो चाख लिएर पढ्थे
Question / Amswer गर्नु प-यो भने उनीहरुलाई भारी बोकाएकोझैं हुन्थ्यो ।वाचन पनि गर्न सक्दैनन् थिए ।
ब्रिटिश सेनामा काम गर्ने अभिभावकहरुको छोराछोरी भने अंग्रेजीमा राम्रो हुन्थे । उनीहरुको घरको वातावरण पनि शिक्षित प्रकारको हने हुनाले त्यसको प्रभाव कक्षामा पनि देखिन्थ्यो । अन्य विद्यार्थीलाई अंग्रेजी पढाउँदा ” दिन भरि करायो, बाजेको दक्षिणा हरायो” झैं हुन्थ्यो ।
त्यसबेला ( २०२७ साल ) कक्षामा आफ्नो विषयको पाठ पढाएपछि गृह कार्य दिनु पर्ने अनिवार्यता थिएन । तर पनि पाठको प्रकृति अनुसार विद्यार्थीहरुले बुझेबुझेनन् भन्ने मूल्याँकन गर्न गृह कार्य दिनु शिक्षकको स्वविवेकमा भर पर्दथ्यो । गृहकार्यलाई home task भन्ने चलन थियो । साताको २-३ दिन म होम टास्क दिन्थें । प्राय: होम टास्क पुस्तकको अभ्यास भित्रैबाट दिन्थे । सबै विद्यार्थीसंग किताब भने हुंदैनथ्यो । त्यसैले कालोपाटीमा प्रश्न लेखी दिन्थें । उनीहरु आफ्नो कापीमा सार्थे ।कोही सार्थे । कोही सार्न पनि जान्दैनथे । जान्नेलाई नजान्ने साथीको कापीमा होम टास्कको प्रश्न सार्न अह्याउँथें । केहीको कापीमा म आफैले पनि लिखि दिन्थें । अर्को दिन होम टास्क चेक गर्न कापी जम्मा पार्थें । ८-१० जनाले मात्र बुझाउँथे ।नबुझाउनेलाई कारण सोध्दा जवाफ दिन्थे – आएन, बिर्सें, किताब छैन, बत्ती निभ्यो , मट्टितेल सकियो । कोही मौन हुन्थे । यस्तो अवस्था सधैं आउँथ्यो ।
समाधान आफैले निकाल्थें । प्रश्न -उत्तर कालोपाटीमा लेखि दिन्थें । सस्वर वाचन गर्थें । सबैलाई ठूलो स्वरमा दोह्र्याउन लगाउथें । यो प्रक्रिया ४-५ पटक चलाउंथे । यसो गर्दा जान्ने,नजान्ने सबैलाई फाइदा पुग्थ्यो ।
आत्मविश्वासका साथ पढाउँथें । शिक्षणमा म रम्न थालें ।
त्येतिबेला कक्षा कोठा ७०-८० जना विद्यार्थीले भरिएका हुन्थे ।शिक्षकहरुले ठूलो स्वरमा चिच्चाइ -चिच्चाइ पढाउनु पर्दथ्यो । शिक्षण विधि थियो – lecture / प्रवचन विधि । शैक्षिक सामग्री केही मात्रामा हुन्थ्यो । मैले किताब र कालोपाटी प्रयोग गर्नु पर्थ्यो । मैले विद्यार्थीहरूलाई पनि जीवन्त शैक्षिक सामग्रीको रूपमा प्रयोग गर्थें । भारतीय अखवार “आज”, पत्रिकाहरू “धर्मयुग” ,”दिनमान”,”नवनीत ” र “सरिता” आदि पढ्दा नयाँ विधि सिक्थें ।यद्यपि म नयाँ र काँचो शिक्षक थिएं । तर आत्मविश्वासका साथ पढाउँथें । शिक्षणमा म रम्न थालें ।
शिक्षण र सिकाइ तन,मन र मस्तिष्को एकाग्रचित्त अवस्थामा मात्र प्रभावकारी हुंनसक्छ । शिक्षकले मनयोगका साथ पढाउनु पर्छ ।बिद्यार्थीले तन,मन र मष्तिष्क लगाएर पढ्नु पर्छ । आजकाल दुबैको अवस्था नाज़ुक छ । विद्यार्थी ” Teacher friendly” छैनन् । शिक्षक एक हदसम्म ” Student friendly” भने छन् ।एस.एल.सी.मा धेरै प्रतिशत अनुत्तीर्ण हुने रहस्य मनयोगकासाथ अध्ययन नगर्नु नै हो ।
अध्यात्म प्रवचनहरूमा सन्त,महन्त र महिषीहरु भन्छन् –
आत्मालाई प्रकाश प्यारो हुन्छ । मनलाई अंध्यारो प्यारो हुन्छ । सामाजिक कार्य कुनै आत्माको खुसीकोलागि गर्नु पर्दछ । परमात्मा मेरो नजिकै उपस्थित छन् । मनको खुसी भन्दा आत्माको खुसीकोलागि काम गर्नु पर्दछ । गरें । त्यही गरें । मलाई यस्तै जुर्न आयो । आत्मा दीर्घकालीन उपलब्धि चाहन्छ । मन क्षणिक सुख खोज्दछ । हाम्रो शरीरमा आत्मा र मनको बीच द्वन्द भई रहन्छ ।यो द्वन्द आत्माले नै जितेको राम्रो हुन्छ । मलाई पनि त्यस्तै लाग्यो । आत्माको आदेश अनुसार सामाजिक लाभकोलागि काम गरें । भौतिक लाभकोलागि गरिन । चार दशक भन्दा लामो समय शिक्षण क्षेत्रमा अर्पण गरें । त्यसमा पेसाको गन्ध भन्दा सेवाको भाव बढी थियो ।
शिक्षक नेताहरूले शिक्षकको गरिमा बढाउने अवसर पठाउँदा पनि अवसरवादको लाभ पाए वा लिए !
शिक्षकका दीर्घकालीन हित हुने हक अधिकार स्थापित गराउन शिक्षक नेताज्यूहरु ठाउँ-ठाउँमा चुके । शिक्षक बढुवा र श्रेणी निर्धारण गर्दा माध्यमिक शिक्षकको बढुवा प्रथम श्रेणीसम्म मात्र हुने गरी संशोधित शिक्षा एेन ,नियम स्वीकार गरे । निजामती कर्मचारी विशिष्ट श्रेणी ( सचिव / मुख्य सचिव ) सम्म बढुवा भई नीति निर्माणको दायित्व वहन गर्न पाउँछन् । उनीहरुको सेवा सुविधा पनि विशेष प्रकारका हुन्छ ।तर शिक्षक भने विशिष्टसम्म पुग्ने प्रावधान नै छैन । उपल्लो दर्जाको शैक्षिक योग्यता भएका, तालिम प्राप्त , दीर्घ अनुभव संगालेका सक्षम प्रथम श्रेणीमा शिक्षक ९ / १० वर्षसम्म शिक्षण गरी सेवानिवृत्त हुंन बाध्य भएका छन् । यो अति नै खेद जनक अवस्था रहेकोछ । गुरू वर्गले पढाएका शिष्य भने विशिष्ट श्रेणीमा बढुवा हुन पाउने, गुरू भने हावा खाएर बस्न बाध्य । लालफ़ीताशाहीहरूले शिक्षकलाई सधैं आफु भन्दा मुनि नै राखेर शासन गर्ने अभीष्ट पूरा गरे । शिक्षकका नेताहरू सधैं नोकरशाही प्रशासनको चम्चे भएर फुलेल भए । उनीहरू हीनताबोधको शिकार भए वा उनीहरू स्वयंमा उच्च पदमा पुगेर सेवा गर्ने क्षमताले कमी थियो । शिक्षक नेताहरूले शिक्षकको गरिमा बढाउने अवसर पठाउँदा पनि अवसरवादको लाभ पाए वा लिए !
शिक्षक नेताहरु बारम्बार चुके शिक्षकको हक अधिकार स्थापित गर्न ।
नेपालको शिक्षा क्षेत्रमा सशक्त जनशक्ति उत्पादन गर्नमा आफ्नो बुद्धि,विवेक र सिर्जना शक्ति लगानी गर्ने शिक्षक समुदायको आर्थिक स्तर, पदोन्नति र सुविधा बृद्धि गर्नमा ब्यूरोक्रेट्सहरु( नीति निर्माण तहमा पदासिन हुने ठूला कर्मचारी वर्ग ) ले त शिक्षकलाई सधैं दोस्रो दर्जाको नागरिक बनाउन सफल भएकै छन् । बिडम्बना त यस कुराको छ कि शिक्षकका विभिन्न पेसागत संघ र संगठनका नेताज्यूहरु बारम्बार शिक्षकहरुको हक अधिकार स्थापित गर्न असफल भएका छन् । समान तलबमान त २०२८ सालमा लागू भएको नयाँ राष्ट्रिय पद्धतिको शिक्षा योजनाले व्यवस्था गरेकै थियो । सरकारी कर्मचारी सरह संचयकोष कट्टा गर्ने सुविधाकोलागि २०३६ सालको शिक्षक आन्दोलनले एतिहासिक सफलता पाएको सर्व विदितै छ ।
त्यसपछिको केही आन्दोलन अस्थायी शिक्षकलाई स्थायी बनाउने, रोकिएको आयोगको परीक्षाफल प्रकाशित गराउने,दरवन्दी थप गर्ने र समितिहरुमा शिक्षकको प्रतिनिधित्व गराउने जस्ता माग पूरा गराएको देखिन्छ । ( क्रमश: )
It is about academic writing, travelogue, gajals, blog, stories & poems etc.