शिक्षण एक कला हो । तालिम,अनुभव र लगनले प्रोफेशनल ( Professional ) बनाउँछ ।
शिक्षण वा पढाउनु भनेको एक कला हो । शिक्षण पेसामा प्रवेश गरेपछि त्यससंबंधित तालिम, सो अनुसार पढाउने क्रम, पढाउँदै जाँदा प्राप्त हुने अनुभव,निरन्तरको योग्यता उकास्ने अध्ययन र विद्यार्थीको मनेविज्ञान बुझी समस्या समाधान गर्ने सीप र जेष्ठ / कनिष्ठ सहकर्मीसंगको विचारविमर्श आदि अभ्यासले गर्दा शिक्षकलाई Professional बनाउँछ ।
शिक्षण कार्यकलाप बदल्दै जाँदा कक्षा नियन्त्रित हुंदै जान्छ ।
विद्यार्थी संख्या ३० / ४० । तपाई पढाउँदै हुनुहुन्छ । शायद, कुनै पाठ्याँश सस्वर पाठ गर्दै । कक्षा पछाडि हल्ला गर्दैछन्, विद्यार्थीहरु । दिक्क लाग्छ । भन्न मन लाग्छ – चुप । भन्नु हुन्छ नै । तर कुनै असर हुंदैन ।लाग्छ, कक्षा बाईकट गरौं । तर गर्नु हुंदैन ।यसो गर्नुस् – हल्लालाई हल्लाले ठाउँमा ल्याउँछ । भन्नुस- ” ल अब सबैले ठूलो स्वरमा पढ्नु । म चेक गर्छु, कस्ले पढेको छैन भनेर ।”
अब सबैले पढ्न शुरु गर्छन् । हल्ला गर्ने कोही हुंदैन । मुश्किलले ५ मिनट सबै पढ्छन् । फेरि गनगन । आपसमा थाल्छन्, कुरा गर्न । अब आदेश दिनुस् – ” ल म दुईटा प्रश्न बोर्डमा लेख्छु । यसको जवाफ आ-आफ्नो कापीमा लेख्नु । उनीहरु लेख्न थाल्छन् । कक्षा शान्त हुन्छ । केही समयपछि सबैलाई पालो पालो लेखेको उत्तर पढ्न लगाउनुस् । एकपछि अर्कोले पढ्दै जान्छ । कक्षा शान्त हुन्छ । जवाफ नलेख्नेलाई बोर्डतिर आउन भन्नुस् । त्यसपछि उनीहरुलाई सही उत्तर लेख्नेको कापीबाट आफ्नो कापीमा सार्न भन्नुस ।कक्षा फेरि शान्त हुन्छ । वालवालिका स्भावलेनै चन्चल हुन्छन् ।शिक्षण कार्यकलाप परिवर्तन गर्दै लैजाँदा कक्षा नियन्त्रित हुंदै जान्छ ।यो एक उदाहरण हो । प्रयोग गर्नुस् ,आफ्नो विषयको प्रकृति अनुसार ।
कहिलेकाँही विद्यार्थीहरुको साथ दिनु पर्छ ( Sometimes favor the students )
विद्यालयमा धेरै दिनको पठनपाठनको सिलसिलामा विद्यार्थीहरुलाई नियास्रो लाग्न सक्छ । उनीहरुले शिक्षकलाई केही प्रस्ताव राख्न सक्छ । जस्तै कि, आज खेल्न दिनुस् , आज पुस्कालयमा बसेर पढ्न पाउँ, कबड्डी खेलौं, बल खेल्छौं , कक्षामा जाडो भयो घाममा पढ्छौं आदि । मानी दिनु पर्छ, विद्यार्थीको प्रस्ताव । उनीहरु प्रफुल्ल हुन्छन् । तर याद राख्नुस् , उनीहरुसंगै सहभागी भएर खेलना भाग लिनुस् । यसो गर्दा दुई कुराको फाइदा हुन्छ । पहिलो , विद्यार्थीको मन पर्ने शिक्षक भइन्छ, दोस्रो कक्षा बाहिर पनि विद्यार्थी नियन्त्रित भइरहन्छन् ।
शिक्षककलाई वरिष्ठता,योग्यता र क्षमताको आधारमा विद्यालयको नेतृत्व प्रदान गर्नु पर्दछ ।
विद्यालयको चौतर्फि विकासको दायित्व प्रधानाध्यापकमाथि निर्भर रहन्छ । तर नेपालमा शिक्षा क्षेत्रमा यतिविधि राजनीति हुन्छ कि जुन पार्टीको सरकार बन्छ, त्यसै पार्टीको कार्यकर्तालाई विद्यालयको प्रधानाध्यापकमा नियुक्ति गरिन्छ। स्थानीय विद्यालयमा उपलब्ध नभए अन्यत्रबाट सरुवा गरेर ल्याइन्छ । २०४८ सालको आम निर्वाचनमा नेपाली काँग्रेसको सरकार बन्यो। शिक्षामा काँग्रेसीकरण भयो । वरिष्ठलाई छाडी कनिष्ठलाई प्रधानाध्यापक बनाउन थालियो । संचालक समिति पनि त्यसै मुताबिक बन्न थाले । क्याम्पस र विश्वविद्यालय पनि यही नीतिमा चल्न थाल्यो । एमाले सरकारमा आउँदा यही नियती दोहरियो । एमाओवादीको सरकार बन्दा त झन गहिरो भयो यो समस्या । जुन पार्टी सत्तामा आउँछ उसैको हालीमुहाली चल्ने । यसले शिक्षामा भाँडभैलो मच्चायो । ऐन,नियमहरु वस्तुपरक हुनु पर्दछ । प्राज्ञिक वरिष्ठता,योग्यता र क्षमताको आधारमा विद्यालयको नेतृत्व प्रदान गर्नु पर्दछ ।
अंग्रेजी पढाउँदा translation method पनि उपयोगी हुन्छ ,प्रयोग गर्नु पर्छ ।
२५ गतेको बाँकी…
तर सामान्यतया विद्यार्थीको आमाबाबु अंग्रेजी बोल्दैनन् । खेल्ने चौरमा साथीसंगाती अंग्रेजी बोल्दैनन् ।टोलछिमेकमा अंग्रेजी बोलिन्न । स्वयं शिक्षकहरु स्टाफ रुममा आपसमा अंग्रेजी बोल्दैनन् । कक्षा कोठामा अनेकथरिका भाषा बोल्ने जनजातिहरु हुन्छन् । उनीहरुलाई अंग्रेजी फलामको च्यूरा चपाए जस्तै हुन्छ । सामुदायिक विद्यालयहरुमा ६ वटा घंटी नेपाली माध्यममा पढाइन्छ । मात्र अंग्रेजी ४५ मिनट पढाइन्छ । यस्तो परिस्थितिमा कसरी अंग्रेजीको स्तरीय पढाइ हुन्छ ?
पाठ्यक्रमको उद्देश्य प्राप्त गर्न केही त गर्नै पर्छ । शिक्षकले परिश्रमकासाथ पढाउंनै पर्दछ । सरल सुबोध अंग्रेजी माध्यममा बोल्नै पर्दछ । विद्यार्थीलाई बोल्न प्रेरित गर्नै पर्दछ । त्यसकोलागि दैनिक प्रयोग गरिने वाक्याँश घोकाउनै पनि पर्दछ ।शिक्षकले प्रश्नोत्तर लेखाइ बारम्बार पढ्न र लेख्न लगाइ सोधनी गर्नै पर्दछ । पाठ्याँशको आवश्यक आवश्यक ठाउँमा नेपाली भाषामा अनुवाद पनि गर्नै पर्दछ ।शिक्षकको दायित्व हो – विद्यार्थीलाई बुझाइ पढाउनु ।शिक्षकले मात्र कक्षामा अंग्रेजी फटफटाएर हुंनेवाला केही छैन । कसै कसैले गर्व पनि गर्दछन् , अंग्रेजीमा नै पढ़ाएँ, बोलें भनेर । यस्तो जड व्यवहारले भैंसीको सामु बाँसुरी बजाउनु जस्तै हुन जान्छ ।
आजकाल communicative English को बोलबाला छ । Translation method लाई traditional method भनेर गिल्ला गर्नु कदापि हुंदैन । पाठलाई सरल बनाइ बुझाउन यो विधि प्रभावकारी छ ।
अंग्रेजी पढाउंदा आवश्यक परेको ठाउँमा नेपालीमा पनि अनुवाद गरेर बुझाउनु पर्दछ ।
विद्यालय शिक्षाको पाठ्यक्रममा अंग्रेजी विषय अनिवार्य विषयमा पर्दछ । २०२८ सालदेखि ५० को दशकसम्म कक्षा ४ देखि अंग्रेजी पढाइन्थ्यो । २०६० को हाराहारीदेखि सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि नै अंग्रेजी पढाइन थालियो । यसलाई दोस्रो र विदेशी भाषाको रुपमा लिइन्छ । अप्ठेरो त अवश्यै हुन्छ, नै । भाषा शिक्षण गर्दा सोही भाषामा नै गर्नु पर्दछ । अर्थात अंग्रेजी पढाउंदा अंग्रेजीमा नै पढाउनु पर्छ, विद्यार्थीलाई अंग्रेजी नै बोल्न लगाउनु पर्दछ । यसो गर्दा संचार ( communication ) छिटो हुन्छ भन्ने सोंच हो । तर विद्यालयको कक्षा कोठा भित्रमात्र अंग्रेजी बोलेर हुंदैन । घर-आगन,खेल मैदान र साथीसंगाती माझ पनि अंग्रेजी बोल्ने वातावरण हुनु पर्दछ ।( क्रमश: )
त्यहाँ केटा र केटीले गर्ने कामको स्पष्ट विभाजन देखियो ।
कुरा २०२७ सालतिरको हो । म बुटवल -खस्यौली नगर पंचायतद्वारा संचालित अनिवार्य नि:शुल्क प्राथमिक पाठशाला केन्द्र नं.१ कालिका नगरमा पढाउँथें । म पढाइ लेखाइको मामलामा अलिक कडाइ गर्थें । गृह कार्य नगर्ने विद्यार्थीलाई केही न केही सजाय दिन्थें । एक दिन १० / १२ जनाले गृह कार्य गरेर ल्याएनन् । तिनीहरुलाई विद्यालय पछाडि लगें । त्यहाँ खेतमा सिंचाइ गर्ने कुलो थियो । “लौ तिमीहरु १० मिनट कुलोमा उभिएर बस”, मैले निर्देशन दिएं । एउटा गएर पानी छोयो ।”ओ हो , मरिन्छ ।” , भन्न थाल्यो । ढीलो विद्यालय भर्ना भएका केटीहरु लजाउन थाले । म आफै कुलोमा एकछिन उभिनु थालें ।पानी चीसो थियो ।किन कि जाडो याम पुस थियो । दिन लागेको सजाय रोकें ।विकल्प सोचें । भने- “भैगो, जाडो छ । कक्षा कोठा सफा गर अथवा करेसाबारी गोडमेल गर । रोजेर काम गर ।”
छात्रहरु करेसाबारी तिर गए । छात्राहरु कक्षा कोठा सफा गर्न गए । त्यहाँ केटा र केटीले गर्ने कामको स्पष्ट विभाजन देखियो ।
सरकारी क्षेत्रका र निजी क्षेत्रका विद्यालयहरुले गुणात्मक प्राविधिक शिक्षा ( इन्जीनियरिंग, मेडिकल, कम्प्यूटिंग,वन अध्ययन ,मेकानिकल आदि ।) अध्यापन गराएको हुंनाले नेपाली विद्यार्थी विदेश पलायन हदैसम्म रोकियो । ठूला प्रतिष्ठानहरु पनि स्थापित हुन थाल्यो । विदेशी विद्यार्थी पनि केही मेडिकल विषय अध्ययन गर्न नेपाल आउन थाल्यो । अन्तराष्ट्रीय शिक्षालयहरुले पनि सम्बन्धन देखाइ / लिइ संचालन हुन थाल्यो ।राम्रै जनशक्ति उत्पादन भयो । तर यी शिक्षालयहरु चर्को महंगो सावित हुन गए । त्यसको फलस्वरूप नेपाली युवायुवति भारतका विभिन्न शिक्षालयहरुमा अध्ययन गर्न जाने क्रम फेरि बढ्न थाल्यो । भारतीय विश्वविद्यालयका संचालनकर्ताहरु राजधानी र अन्य शहरहरुमा ” शिक्षा मेला ” आयोजना गरी तत् तत् स्थानमा भर्ना गरेर लैजान थालेको छ । जथाभावी मेला आयोजना गर्ने काम कसैले नियन्त्रण र निगरानी गर्न सकेन ।
शिक्षाले माछा मात्र खाने होइन, माछा मार्ग पनि सिकावस् ।
लामो समयसम्म हाम्रो शिक्षा पद्धतिले हामीलाई माछा खान मात्र सिकायो । माछा मार्ने सीप सिकाएन ।
भन्नुको माने के हो भने हाम्रो शिक्षा प्रणालीले नोकरी खान सिकायो ।यो लर्ड मेकालेले भारतमा क्लर्क उत्पादन गर्न लागू गरेको शिक्षा नै नेपालले पनि अनुसरण गर्यो । नोकर बनायो हामीलाई यो शिक्षाले । प्रमाण-पत्र बोकेर जागीर खोज्न कार्यालय-कार्यालय धाउनु पर्ने गरायो । परामुखापेक्षी बनायो । त्यो शिक्षाले हामीलाई स्वावलम्बी बनाएन। आत्मनिर्भर बनाएन। प्राविधिक र व्यावसायिक शिक्षामा पछि पार्यो ।यसको कारणले गर्दा चालिसको दशकसम्म देशको अर्थतन्त्रले गती लिन सकेन ।
प्रजातन्त्रपछि देशले उदार अर्थतन्त्रको नीति अपनायो । नीजी क्षेत्रको लगानीमा प्राविधिक शिक्षालयहरु संचालन हुंन थाल्यो । सरकारी क्षेत्रका शिक्षालयहरुले पनि प्रतिस्पर्धा गर्न थाल्यो । ( क्रमश: )
It is about academic writing, travelogue, gajals, blog, stories & poems etc.