शिक्षण जीवनका अनुभवहरु ( १०१ )
२०७२ असार १८ गते शुक्रवार
शिक्षक नेताहरूले शिक्षकको गरिमा बढाउने अवसर पठाउँदा पनि अवसरवादको लाभ पाए वा लिए !
शिक्षकका दीर्घकालीन हित हुने हक अधिकार स्थापित गराउन शिक्षक नेताज्यूहरु ठाउँ-ठाउँमा चुके । शिक्षक बढुवा र श्रेणी निर्धारण गर्दा माध्यमिक शिक्षकको बढुवा प्रथम श्रेणीसम्म मात्र हुने गरी संशोधित शिक्षा एेन ,नियम स्वीकार गरे । निजामती कर्मचारी विशिष्ट श्रेणी ( सचिव / मुख्य सचिव ) सम्म बढुवा भई नीति निर्माणको दायित्व वहन गर्न पाउँछन् । उनीहरुको सेवा सुविधा पनि विशेष प्रकारका हुन्छ ।तर शिक्षक भने विशिष्टसम्म पुग्ने प्रावधान नै छैन । उपल्लो दर्जाको शैक्षिक योग्यता भएका, तालिम प्राप्त , दीर्घ अनुभव संगालेका सक्षम प्रथम श्रेणीमा शिक्षक ९ / १० वर्षसम्म शिक्षण गरी सेवानिवृत्त हुंन बाध्य भएका छन् । यो अति नै खेद जनक अवस्था रहेकोछ । गुरू वर्गले पढाएका शिष्य भने विशिष्ट श्रेणीमा बढुवा हुन पाउने, गुरू भने हावा खाएर बस्न बाध्य । लालफ़ीताशाहीहरूले शिक्षकलाई सधैं आफु भन्दा मुनि नै राखेर शासन गर्ने अभीष्ट पूरा गरे । शिक्षकका नेताहरू सधैं नोकरशाही प्रशासनको चम्चे भएर फुलेल भए । उनीहरू हीनताबोधको शिकार भए वा उनीहरू स्वयंमा उच्च पदमा पुगेर सेवा गर्ने क्षमताले कमी थियो । शिक्षक नेताहरूले शिक्षकको गरिमा बढाउने अवसर पठाउँदा पनि अवसरवादको लाभ पाए वा लिए !