नाक,कान,मुख र खुट्टा

अाँखा,नाक,मुख र खुट्टा हाम्रा यी दुई अाँखा भएको के वर्तमान संसार नियालेर हेर्न हैन ? तर मेरो अाँखा साँच्चै भन्ने हो भने ? म बसेको दशगजसम्मको ठूलो पर्खाल मात्रै हेर्न भ्याएको छ । यो नाक पनि त सुवासित वा दुर्गन्ध सुंघ्न नै हो । किन हो कुन्नी – मेरो नाकले दुर्गन्ध सुंध्न नै पाएको छैन । हाम्रो मुख – ब्रम्हाण्ड हो । मुख एउटा सत्य हो । एउटा बलियो अभिब्यक्ति हो । अनि यो पनि भन्न मन लाग्छ- मान्छेहरूको प्रतिनिधि पनि हो । यो कटु सत्य बुझीकन पनि मेरो मुख – सत्यको अगाडि मुक भई बसेको छ । खुट्टा चीरगामी अनन्त यात्री हो । हो त के ? मेरो त हैन ! म त केवल निर्धारण गरिएको थामसम्म पुगेर अाउन सक्छु । यत्ती नै मेरो खुट्टाले गर्न सक्छ, साथी । – ( २०३२ मार्ग १)