पल्लो घरको झ्यालमा
पल्लो घरको झ्यालमा,
सधैं ऐना हेर्छिन्-
एक युवति ।
राम्रैछ लिपेको मुहार पनि,
मिलेकै छ (लाली) ओंठ पनि ।
पल्लो घरको………
एक दिन नजिकैको पार्कमा,
देखें निजलाई ऐना हेदै,
तील – चामले केशबिन्यासमा,
काइदाकै छ, छोपेको कालो पनि,
कोही भन्दा के कम? पहिरनमा पनि ।
बनौट पनि शिल्पी कै छ,
हेर्छे छाति घरि – घरि तैपनि ।
पल्लाे घरकाे……
अरुले हेरी दिनु छैन जोवन,
हेरी मक्खै पर्छे आफैँ छिन-छिन ।
खै कसलाई साँचेको त्यो जोवन ?
कोही टिप्दैन त्यो, फुलि सक्दा पनि ।
———-
