काकाकुल काठमाण्डौं
विकासको गोष्ठी पाँचतारे होटलमा ,
जनताका रित्ता गाग्री सडक पेटीमा ।
कुरा ठूला कागजमा, के को पंच वर्षे योजना ?
जलस्रोतका धनी जनता, पानीको हाहाकारमा ।
पानीनै नपाइने, अरु सपना किन बाँड्यौ ?
पवित्र बागमतीमा, ढल किन मिलायौ ?
भएर नेता मिनरल बोकी,सडक पोल्ने ,
लाटा सोझा हामी सबै, सपना पिई बाँच्ने ?
काकाकुल कान्तिपुर, आऊ कोही बचाऊ ,
शान्ति गरी जनता बाँच्ने, ल उपाय बताऊ ।
———
