( ४७ )अाई रहुन् दुःखहरू
अाई रहुन् दुःखहरू
सधैं जीवनमा
भाग एे सुखहरू
बाँकी छ भने अझै ।
सधैं दुःख भोग्छु
त्यसैमा सुख छ ।
सुखानन्द खोज्छु त –
हृदयका व्यथाहरू
छटपटिन थाल्छन् ।
त्यसैले म भन्छु –
दुःख,दुखीको जीवन हो ।
सुख, सुखीको मृत्यु हो ।
दुःख,सुखोल्दछ ।
सुख,पिरोल्दछ ।
स्वागत छ अंध्यारा क्षणहरू ।
ढाक्न परे ढाक उज्यालो ।
नौलो प्रभात ल्याउने कोशिस गर्छु ।
सधैं उज्यालो मात्र रहे
नव निर्माण रोकिन्छ ।
तमरात्रिमा नै-
जीवनका लक्षहरू
परिचालित हुन्छन् ।
नत्र –
जीवनका गोरेटाहरू
शिथिल हुन्छन् ।
अाईरहुन् दुःखहरू ।
गरी रहूं संघर्षहरू ।
नौलो बिहानीको खोजमा
लागी रहूं ।
-( २०३६ वैशाख १ )
